विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

‘विष्णु पौडेललाई अपमानपूर्ण ढङ्गले पक्राउ गरियो, उहाँसँग पीएसओ छ, राज्यको खबरमा हुनुहुन्छ, आज काठमाडौँ आउँदै हुनुहुन्थ्यो, त्यो कुरा थाहा पाउँदापाउँदै राज्यले दुःख दिने हिसाबले पक्राउ गरियो’, संसदीय दलका प्रमुख सचेतक ऐन महरले भने, ’उहाँको पक्राउ प्रतिशोधपूर्ण छ, गैर न्यायिक छ, कानुनी राज्य र विधिको शासनको बर्खिलापमा छ, एमाले संसदीय दल विरोध गर्दछ।’ पौडेललाई अबिलम्ब रिहाइको माग गर्ने निर्णय भएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाले फेरि हेरफेर गर्‍यो निर्वाचन तालिका