पाटन नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि, नगरपालिका सिल

बैतडी । बैतडीको पाटन नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

दुवै जनालाई अहिले आइसोलेसनमा राखिएको छ भने स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए । यसैबीच नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि पाटन नगरपालिकालाई एक हप्ताका लागि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।

यही असोज ३० गतेसम्म नगरपालिका र १० ओटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने उनले बताए । नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि एक हप्ताका लागि नगरपालिका सिल गरिएको उनले बताए । यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।

बैतडीका थप दुईजनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमतिको संख्या ४२० पुगेको छ । संक्रमित मध्ये ३९७ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भईसकेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २२ रहेको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार