गुफा मस्तिष्कमा चलमलावट हुन थालेपछि अचानक म अर्कै दुनियाँमा पुग्थें । अर्थात्, काल्पनिक गुफा दुनियाँ । मस्तिष्कमा चलमलाहट हुनासाथ म कसरी गुफा दुनियाँ पुग्थें ? स्वयं छक्क पर्थें । मैले यो कथामा गुफाभित्रको रहस्य लेख्दैछु । न सपना, न त विपना । केबल गुफा–कहानी । पढ्नुस् है त !
गुफा दुनियाँ मेरो लागि एक आश्चर्य स्थान बन्दै थियो । म सपनामा थिएँ वा होलिएसनको स्थितिमा तर थिएँ कहीँ । गुफा दुनियाँ यथार्थ भने थिएन तर लाग्थ्यो– ठ्याक्कै वास्तविक गुफाझैं । त्यहाँ वैदिककालमा प्रयोग हुने पुराना काठका दराज थिए । ती यति सुन्दर र कलात्मक थिए कि म वैदिककाल बाँचिरहेको छुझैं भान हुन्थ्यो । दराजभित्र त्यस कालखण्डका महत्वपूर्ण ग्रन्थहरू संग्रहित थिए । केही ग्रन्थका किताब भने सोफाभरी छरप्रष्ट थिए, जुन मैले कैले पढ्ने आँट गरिनँ । मलाई ती कालखण्डको ग्रन्थ खासै जान्न मन पनि थिएन ।
गुफाको छेऊपट्टि पुरानो काठको ङ्खयान थियो । ङ्खयान धुलोमैलो जमेर कुनै मूल्यवान वस्तुलाई डाकाले लुकाउन माटोले लिपेझैं देखिन्थ्यो । गुफाको अलिक पल्लो कुनापट्टि ढुंगेधारो थियो । धारोबाट पानी निरन्तर बगिरहन्थ्यो । त्यो पानी बग्दैबग्दै कुनै पवित्र नदीमा पुगेर मिसिन्थ्यो । गुफाको द्वारपट्टि एउटा सानो काठको -याक थियो । त्यो -याकमा सधैं एकबट्टा चियापत्ती र चिनी हुन्थ्यो । लाग्थ्यो– ऋषि वेदव्यासले भगवत्गीताको ‘फाइनल टच’ त्यही चियापत्ती र चिनीबाट बनेको चियाको पहिलो सुरुपसँगै गरेका थिए । गुफा प्राचीन भएतापनि दुई सामान भने त्यहाँ आधुनिककालमा निर्माण भएको प्रयोग हुन्थ्यो– पानी तताउने हटपट र हिटर ।
ट्यान जंगलको छेउमा पथ्र्यो । सुनसान ठाउँ । ‘भारी नपुगेको भए, म सहयोग गर्न आइदिउँ त ?’ उसले सहयोग गर्दिने याचना प्रकट ग-यो । मैले ठाडै पर्दैन भन्दिएँ । तैपनि ऊ मनजिकै आयो । एकछिन सहयोग गरेको जस्तो गरिटोपल्यो र मैले घाँस काटेछेउ आएर मलाई प्याट्ट हिर्कायो । त्यसपछि, च्याप्प समात्यो ।
म काल्पनिक गुफा दुनियाँभित्र थिएँ । त्यससमय मेरो टाउकोको पीडा कम हुनुको सट्टा झन्झन् बढ्न पो थाल्यो । म लरबराउँदै नजिकै रहेको सोफामा पल्टिन पुगें । त्यतिनै बेला अचानक एउटी केटी गुफाभित्र स्वाट्ट छिरी ।
म ज-याकजुरुक्क उठें । छिनमै टाउकोको पीडा गायब । त्यो अपरिचित केटी भने आधुनिक फोनसेटमा कोही मनुवासँगको कुराकानीमा मग्न थिई । घरी कुरा गर्दै गुफाको पल्लो कुनामा पुग्थी । बगिरहेको पवित्र पानी हत्केलाले उब्याउँथी र आँखामा दल्थी । घरी पानीले घित्रोतिर छारछुर पार्थी । तालुमा दुईपटक दुई अञ्जुली पानी घोप्टाई । र, लामो बेर खुइइया सुस्केरा तानी । र, फेरि गुफाको माथिपट्टि फर्केर चर्किलो आवाजमा झर्किन्थी ।
उसले यतिबेलासम्म मलाई नोटिस गरेको जस्तो लागेन । तर, मैले भने– को हुनसक्छ ? भनेर अड्कल काट्न थालें । पक्कै यो केटी निर्मला हुनुपर्छ । कि अस्ती तराईमा जिउँदै जलाएकी बुहारी हुनुपर्छ । पहाडमा कुनै ससुराले बलात्कार गरेको नातिनी हुनुपर्छ । हिमालबाट लखेटिएकी कुनै मैच्याङ हुनुपर्छ ? मै तानाबाना बुन्न थालें । म उसको पछिपछि कान थाप्दै अघिपछि गर्न थालें ।
‘ह्या १ अति टेन्सन भो बा, म स्वर्ग होइन, अब आफ्नै नियतिलाई सजाय दिन नर्क जान्छु । मेरो भाग्यमा यस्तै लेखेको र’छ । मुर्दा किन गकोथ्यो टापू मलाई थाहा छैन । मोज गर्न । घुमाउन तरुनी । त्यसलाई मेरो केही मतलब थिएन । नाबालक छोराको त हुनुपर्ने नि १ कस्तो निष्ठुरी, कठै १ यस्तालाई दैवले सजाय किन नदेको ?’ मैले यती कुराचैं प्रष्ट सुनें । म फेरि उसैको पछिपछि यताउता गरिरहेको थिएँ । ‘बा, अब एक्लै छोरो च्यापेर म बस्न सक्दिनँ । मुर्दालाई मेरो माया छैन । यत्रो ११ वर्ष उतै हराएर पनि अझै कुनै सुर्ता छैन । मैले भनिसकें– मेरो जागिर छ । यतै सानोतिनो जागिर गरेर स्वास्नीछोरासँगै बसे हुन्न? ऊ गोवा जान्छ भने म पनि ऊसँगै जानेछु । मचैं कति वर्षसम्म एक्लो जीवन बिताउँदै उसैलाई पर्खेर बस्ने ?’ ऊ घ्वाँ घ्वाँ रून थाली ।
यसरी रोई– गुफा गुञ्जन हुन थाल्यो । मानौं– यतिबेला निर्मलालाई सम्झेर उसकी आमा रोइरहेकी छन् । छोरीको शरीर जलेर एकढिक्का भएको मासुको थुप्रो देखेर तराईको कुनै बाआमा रोइरहेका छन् । बारीमा फालिएकी छोरीको डाम बसेका शरीर र कलिलो योनीबाट बगिरहेको आलो रगत देखेर कुनै परिवार उसैगरी रोइरहेको छ । ती रोदनमा बादलजत्तिकै शक्ति छ । आँसुमा वर्षाजत्तिकै । बा–आमाको मनभित्र चट्याङजत्तिकै बिजुली ।
‘ओ बैनी, काँ यसरी घ्वाँ घ्वाँ रोको । रुनु हुन्न । रूनु भनेको कमजोर हुनु हो । नरोऊ !’, मैले ढाडस दिँदै बोले ।
ऊ आँसु पुछ्दै मपट्टि फर्केर भन्न थाली, ‘म स्वर्ग जान लाग्दै थिएँ । बीचबाटोमा पुगेर पाँच वर्षे छोरोको याद आयो र बालाई अन्तिम पटक मनभित्र गुम्सिएको गुनसो पोख्न यही गुफाभित्र छिरेको । यहाँ तपाई पो हुनुहुँदोरहेछ । मलाई के थाहा ? तपाई पनि स्वर्ग हि“ड्न आट्नुभएको ?’
‘होइन, होइन, म मरेकै छैन ? कहाँ स्वर्ग हिड्नु?’
‘अब्बुई, नमरी स्वर्ग जाने बाटोछेउको गुफाभित्र जिउँदो मान्छेचैं कसरी आइपुग्नु भो !’
‘म कसरी आइपुगें, त्यो कुरा छाड्देऊ । तिमीचैं कसरी आइपुग्यौं । बासँग त्यो मुर्दा भन्दै रोइकराइ गर्दै थियौं । को हो नि त्यो मुर्दा ?’
उसले एकै सासमा भनी– लोग्ने !
‘के ग-यो लोग्नेले ?’
‘के गरेन त्यो बझ्याले ?’ एकछिन मौन भई । लामो सास तानी र सुस्तरी मकैका दाना छोडाएझैं अतीत छोडाउन थाली…
‘म घाँस काट्न बुट्यान गएकी थिएँ । त्यसबेला गाउँघरमा घाँस काट्न पाखा लाग्नुपथ्र्यो । म एक्लै पाखामा घाँस काटिरहेकी थिएँ । ऊ (अहिलेको मेरो लोग्ने) टुप्लुक्क पाखाबारीको डिलपट्टि देखाप-यो । ‘ओहो, मैयाँ १ भारी पुग्यो ?’ मोराले सोध्यो । मैले ‘छैन–छैन, अझै दुईतीन मुठ्ठा काट्न बाँकी नै छ’ भनें । बुट्यान जंगलको छेउमा पथ्र्यो । सुनसान ठाउँ । ‘भारी नपुगेको भए, म सहयोग गर्न आइदिउँ त ?’ उसले सहयोग गर्दिने याचना प्रकट ग-यो । मैले ठाडै पर्दैन भन्दिएँ । तैपनि ऊ मनजिकै आयो । एकछिन सहयोग गरेको जस्तो गरिटोपल्यो र मैले घाँस काटेछेउ आएर मलाई प्याट्ट हिर्कायो । त्यसपछि, च्याप्प समात्यो । मेरो ओठमुख सुकिहाल्यो । नौनाडी गल्यो । म डराएँ । यताउती हेरें । तल भिरखोलापट्टिबाट हुलकाहुल काला बादल डाँडा उक्लदैरहेछ । स्याल पारी सालघारीतिर कराउँदै थियो । भुनभुन गर्दै वन झिंगा मेरो कपालतिर ।
मैले ‘के गर्न ला, छाड्दे है, नत्र चिच्याउँछु,’ भनेर धम्क्याएँ ।
‘लु चिच्या त’ मुख ट्याप्प हातले टाँस्यो । एकछिन सासै जालाजस्तो भो । जेनतेन मुखको हातचै फुत्काएँ । अनि, फेरि कराएँ– के गर्न लाइस्, छाड्दे । नत्र, बाबालाई बोलाइदिन्छु । ’
‘लु कसरी बोलाउँदी रहिछेस्, हेरम्ला’ उसैगरी मुखमा जोडले ट्याप्प समात्यो । म हलचल हुन सकिनँ । एकछिनपछि एउटा हातले छाति समातिरह्यो । छाति समातेको केही मिनेटपछि मेरो कपडा फुकायो र ममाथि निकैबेर मच्चिरह्यो । अर्थात् म बलात्कृत भएँ ।’ भर्खर १७ वर्ष पुगेकी थिइ ।
उसको कुरा सुनेर मेरा आँखा कतिबेला टिलपिल भए, पत्तै भएन । म निकैबेर बोल्नै सकिनँ । केही क्षणपछि सोधें, ‘सुस्तरी बलात्कार गर्ने व्यक्तिचै तिम्रो लोग्ने कसरी भयो ?’ मैले आश्चार्यमिश्रित प्रश्न सोधें । ‘जसरी नहुनुपर्ने थियो ऊचै मेरो लोग्ने भयो,’ उसले फेरि लामो सास तानी ।
‘राँड, अर्काको नाठो बोकेर मलाई गाली गर्र्छस् । तेरो बाउ र तँ राँड मिलेर ममाथि साजिस रचियो । मेरो जिन्दगी बर्बाद भो…’ उसले बर्बराउँदै ढोकाको कापमा रहेको डोरी समात्यो ।
‘…त्यसपछि मलाई उद्दार गरेर गाउँ पु-याएको रहेछ । केही समय यो घट्नालाई गुपचुप राखियो । जब म दुई जिउ भएको कुरा गाउँभरि हल्ला हुन थाल्यो । गाउँको ठुलाबढाले सहमति गराएर त्यही केटोसँग मेरो विवाह गर्दिए । ठूलाबढाको छलफलबाट न्यायनिसाफसहित मेरो विवाह ऊसँगै हुने तय भयो । यो कस्तो निसाफ थियो ? मेरा बा’ले कहिल्यै बुझेनन् । मैले बुझ्ने कुरै थिएन । ९ महिनापछि मैले छोरो पाए । छोरो जन्मेको चार महिनापछि ऊ लाहुर भासियो । म एक्ली भएँ । छोरो हुर्काएँ । छोरो हुर्काउन दिनरात दुःख गरिरहें । ५ साल बितेपछि एकदिन टुप्लुक्क ऊ घर आइपुग्यो । मैले जेजस्तै भए पनि लोग्ने हो भनेर मानसौरत गरें । उसले त्यसको सट्टामा ममाथि दुव्र्यवहार गरिरह्यो । एकदिन त रक्सी धोकेर आएछ । छोरालाई उसै पिट्न पो थाल्यो । मुर्दा किन पिट्छस् है छोरा ? मैले हप्काएँ । ‘राँड, अर्काको नाठो बोकेर मलाई गाली गर्र्छस् । तेरो बाउ र तँ राँड मिलेर ममाथि साजिस रचियो । मेरो जिन्दगी बर्बाद भो…’ उसले बर्बराउँदै ढोकाको कापमा रहेको डोरी समात्यो । मेरो घाँटीमा गलपासो लगाइहाल्यो । म निकैबेर छटपटाएँ । फुत्किन कोशिश नगरेको पनि होइन तर मेरो केही जोर चलेन । मेरा आँखाको चेपबाट अन्तिम साँस फेर्नुअघि दुःखसुखका आँसु खसिरहे । त्यसपछि, केही मिनेटमै म चिसी भएँ । मुर्दाले म मरेपछिमात्र घाँटीबाट गलपासो निकाल्यो । मलाई बोक्यो र खाटमा लडायो । फेरि बुट्यानको घाँसबारीमा झैं ममाथि मच्चियो । म त्यससमय चिरनिद्रामा बिलिन भइसकेकी थिएँ ।
उनको कुरा सुनेर फेरि आँसु तरक्क खस्यो । मैले बाहुलाले पुछें । र, सोधे– अनि मरिसकेको मान्छेलाई फोनचै कहाँबाट मिल्यो ?’ ऊपट्टि फनक्क फर्केको मात्र के थिएँ तर ऊ त्यहाँ थिइन । ऊ हराइसकेकी थिइ । मैले यताउती खोजें । उसको नाम पनि थाहा थिएन । न ठेगाना । म निकैबेर अधिर भइरहें । यताउति फेरि खोजें । अहँ, ऊ त्यहाँ फेला परिन । हटपटबाट एक गिलास मनतातो पानी पिउन थालें । हिटर अन गरे । किनकि म लगलग काम्न थालिसकेको थिएँ । डर लागिरहेको थियो । पुरूष भएकाले । म कसैको लोग्ने भएकोले ? मेरा आँखा अचानक धमिला भएका थिए । चिटिचट पसिनाले शरीर निथु्रक्क भिजेको थियो । म उसैगरी लगलग काम्दाकाम्दै कतिखेर गुपचुप गुफाभित्रै डङ्ग्रङ्ग ढलेछु । थाहा छैन, अब कति वर्षपछि ब्युझनेछु ।
–खाँडादेवी–३ रामेछाप ।







