कोभिड–१९ को भयावह स्थिति र कमजोर तयारी

आजसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । पछिल्लो १० दिनमा संक्रमण झन्डै तेब्बरले बढेको छ । करिब ५० लाख व्यक्तिको बसोबास रहेको उपत्यकाको जनसंख्यामा कोरोना संक्रमणको अवस्था भयावह देखिँदै छ । देशभर १ लाख ५ हजार संक्रमित र सवा ६ सयको मृत्यृ भएको तथ्यांक छ ।

गत बिहीबार मात्रै काठमाडौंका २ हजार ५९, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ बढी संक्रमित थपिएका छन् । यही दर बढे उपत्यकामा आइसोलेसन, अस्पताल, शैया, भेन्टिलेटर प्रचारप्रसार तथा समाचारमा जे भनिए पनि व्यवहारतः उपलब्ध रहने छैनन् । उपत्यकामा आईसीयू शøया १८१ भएकोमा ८२ बढी प्याक छन् । ७६ भेन्टिलेटरमा २७ प्याक छन् तथ्यांकमा तथापि ती कस्ताले लिएका छन् । त्यस्तै व्यवहारतः खोजीमा कहीँ पनि शøया र भेन्टिलेटर पाइँदैन जति सोर्स, फोर्स लगाए पनि ।

सकेसम्म लक्षण नभएका र सामान्य लक्षण भएका घरमै होम आईसोलेसनमा र घरमा बस्न सम्भव नभए संस्थागतका लागि टोलफ्री नम्बर ११३३ मा सम्पर्क गर्न तथा स्वास्थ्यमा कुनै समस्या आए तुरुन्तै अस्पतालमा गएर सेवा लिन र थप सेवा आवश्यक परे टोलफ्री नम्बर ११२२ वा मोबाइल नम्बर ९८५१२५५८३७, ९८५१२५५८३९ मा चौबीसै घण्टा सम्पर्क गर्न सकिने बताएको छ । त्यस्तै आफ्नो, परिवारको स्वास्थ्य अवस्था’bout शंका वा चिन्ता लागे वा परामर्श चाहिए ११६६ मा सम्पर्क गर्न सकिने बताएको छ । तर व्यवहारतः फोन लाग्ने, त्यसमा टिपोट गराउने र तहाबाट फोन आउने, बिरामीले अस्पताल र शैया पाउने स्वर्गको फलसरह भएको छ, आजकल ।

कोरोना’bout समाजमा अझै पनि भ्रम, अविश्वास र त्रास व्याप्त छ 

सरकारी अस्पतालमा भीआईपी र पहुँवालालाई प्राथमिकता दिने चलनले जनता मारमा परेका छन्

चाडबाडका बेला बजार क्षेत्र ठेलमठेल गर्दै किनमेल जारी छ । सुरक्षा मापदण्ड कुन चराको नाम हो भन्ने भएको छ । नेपालीलाई सावधानी नअपनाउदा संक्रमण दर बढेको देखिन्छ । बढ्नेक्रम उपत्यकामा मात्र होइन, हरेक ठूला बजार र सहरमा देखिएका छन् । उपत्यकाबाहिर संक्रमण, क्वारेन्टाइन र आइसोलेसनमा बस्ने घट्दै गइरहेको छ भने उपत्यकामा थप आइसोलेसन र अस्पतालको खोजी जारी छ र बारम्बार प्रवक्ता अस्ताल खाली छैन भन्ने बताइरहन्छन् ।

उपत्यकामाबाट बाहिरिनेलाई कडाइ :  काेरोना संक्रमण दर मोफसलभन्दा न्यून रहेको उपत्यकामा पहिलोपटक ललितपुर भैंसेपाटीका दुई वर्षीय बालक जसको यात्रा इतिहास नभएको तथा घरमै बसिरहेको बालकमा शल्यक्रिया गर्न मेडिसिटीले पाटन अस्पतालमा पीसीआर गर्दा पोजेटिभ देखिएपछि स्थानीय संक्रमण देखा परेको थियो । बाख्लो जनसंख्या भएको राजधानीमा क्रै नगएका व्यक्तिमा र ढलमा पनि कोरोना देखिएको छ ।

त्यसो त विदेशबाट स्वदेश आउने चार्टड उडानमा आउने ३५ प्रतिशतले मात्र पीसीआर र अन्य ३३ प्रतिशत आरडीटी गरेदेखि सुरु भएको काठमाडौं खाल्डोको संक्रमण समयक्रमसंगै नियमित परीक्षण, देशभित्रको आवतजावत, बाँकी परीक्षण नै नगरी, लक्षणसहित पनि चार्टड उडानबाट आइरहेका छन् । पीसीआर गरेका र नगरेकालाई एउटै होल्डिङ सेन्टरमा राख्ने, भनसुनकै आधारमा घरमै र होटलमा पठाइदिने आजसम्म कायम छ । राजधानीमा विदेश तथा स्वदेशकै रेड जोनबाट आउनेलाई देखाएको उदासीनता र सदासयताले ढलमा कोरोना देखियो, संक्रमण बढ्यो र कोरोनाको रेडजोन, हटस्पट बन्दै भयावह बनेको छ ।

उपत्यकावासी पनि बाहिरबाट आउनेलाई मात्र संक्रमण हुन्छ भन्दै मख्ख रहे । तीनैले पूरै उडान, देश र उपत्यकामा संक्रमण फैलाइरहे । जोखिमस्थल अस्पताल, तरकारी बजार, फलफूल पसल, चिया पसल, दुग्ध डेरी, रेस्टुरेन्ट, किराना पसल, बैंक, सरकारी निकाय, सपिङ सेन्टर, सैलुन ब्युटिपार्लर, सार्बजनिक यातायात आज पनि सामान्यसरह सञ्चालनमा छन् । संक्रमित पहिल्याउने दर ३३ प्रतिशत बढी हुनपर्नेमा ७ प्रतिशत मात्र छ । संक्रमण वृद्धिदर ३ प्रतिशत तल नझर्दासम्म परीक्षण बढाउनै पर्नेमा जति परीक्षणमा आए तीनको मात्र त्यही पनि सीमित मात्रामा परीक्षण भए ।

आर फ्याक्टर : एक बिरामीले कति जना मानिसलाई रोगी पार्न सक्छ भन्ने कुरा उक्त भाइरसको प्रभावकारिता भन्छ । अर्थात् वैज्ञानिक भाषामा रेप्लिकेसन नम्बर वा आर फ्याक्टर भनिन्छ । आर फ्याक्टर अत्यधिक भए उक्त भाइरसको सर्ने रफतार धेरै छ भन्ने हो । उदाहरणका लागि दादुराको आर भ्यालु १५ छ भने कोभिडको ३ छ । तसर्थ दादुरा कोभिडभन्दा ५ गुणा अत्यधिक संक्रमणकारी देखियो ।आर नम्बर १ भन्दा अधिक हुनु भनेको उक्त जीवाणुलाई समयमै नियन्त्रण गर्न नसके उक्त किटाणुले संसारमा विस्फोटक अवस्था सिर्जना गर्छ भन्ने हो ।

होम आईसोलेसन : समाजको दुव्र्यवहार र संस्थागत सेवासुविधा जेलजस्तै भएपछि सबै घरमा आइसोलेसनमा बसिदिँदा मापदण्ड नपुगेर झनै संक्रमण बढेका बढ्यै छ । असार २५ पहिले घरमै आइसोलेसनमा बस्ने चिकित्सक र स्वास्थ्यकर्मी मात्रै थिए । कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो, के घरमै आइसोलेसनमा बस्दा सावधानी अपनाउँदा अपनाउँदै सर्ने जोखिम तथा जटिलता र मृत्युको जोखिम टार्न सकिन्छ त ? लक्षणरहित संक्रमित मलाई केही भएको छैन भनेर घरबाट निस्कने गरे अवस्था भयावह हुन्छ । किरियापुत्री जस्तै कसैलाई नछोइ टाढै बस्ने हो भने अस्पतालभन्दा आइसोलेसन मापदण्ड–भौतिक दूरी, छुट्टै कोठा, शौचालय, भाँडाकँुडा, दैनिक दुईपटक स्वास्थ्य जाँच, लक्षण देखिए आकस्मिक उपचारको व्यवस्था आदि पूरा गरेका घर ठीकै हुन सक्छ । तथापि आईसीयू सेवा उपलब्ध अस्पतालनजिकै हुनुपर्छ । घरबाट अस्पताल टाढा भए तथा जनस्वास्थ्य मापदण्ड नभए आइसोलेसन सेन्टर वा अस्पतालमै बस्नु वुद्धिमानी हुन्छ ।

आकस्मिक स्वास्थ्य : कोरोना निको भई गाउँ फर्किएका व्यक्ति पानी लिन जाने ठाउँमा समाजले करेन्ट प्रवाह गर्दिने, कोरोनामुक्तलाई छुवाछुतको व्यवहार गर्नेेजस्ता अमानवीय घटनाले नै क्वारेन्टाइनबाट भाग्ने, आत्महत्या गर्ने तथा आफ्नो पहिचान गलत लेखाउने र संक्रमित भएपछि सम्पर्कमा नआउनेको बढोत्तरी छ । जतिसुकै पीसीआर, आईसीयू, भेन्टिलेटरका योजना बनाए पनि सरोकारवालाले सर्वसाधारणमा कोरोना सम्बन्धमा रहेका तथ्य बुझाउन आज पनि सकेका छैनन् । समाजमा अझै पनि भ्रम, अविश्वास र त्रास व्याप्त छ, जसले यस युद्ध जित्न अपेक्षित रूपमा सकेको छैन ।

अन्तमा, बेलायतको एक तथ्यांकमा कोभिड–१९ संक्रमित कुल बिरामीमध्ये करिब १७ प्रतिशतलाई सघन वा उच्च निर्भरता र अस्पताल भर्ना भएका ९० प्रतिशत बढीले आकस्मिक सेवाको उपयोग गर्नपरेको तथ्यांक छ । संक्रमण तीव्र भए आईसीयू र भेन्टिलेटर सकस छ । देशभरका सरकारी अस्पतालमा सघन उपचार कक्षको चरम अभाव छ, केन्द्रीय र प्रादेशिक अस्पतालमा केही भए पनि जिल्ला र स्थानीय तहका अस्पतालमा कक्ष नै छैनन् र जटिल प्रकृतिका बिरामीलाई सकस छ । सरकारी अस्पतालमा भीआईपी र पहु“चवालालाई दिने चलनले गरिब तथा विपन्नले शैया पाउँदैनन् । इटालीले त नसकेकोमा सरकारको कहिल्यै पनि प्राथकितामा नपरेको र भौतिक पूर्वाधार नबनाएको हाम्रो देशमा झनै तयारी पर्याप्त नभएकाले जनधनको क्षति भयावह देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार