देवी साक्षी राखेर क्लिक–क्लिक (फोटोफिचर)

चापागाउँ (ललितपुर) । ‘ख्वै कस्तो आयो ?’

‘क्लिक’ गर्न नभ्याउँदै आफ्नो छवि हेर्न मोबाइलनिर पुगिसकेका हुन्थे, उनीहरू । पृष्ठभूमिमा मन्दिर पारेर मोबाइलतिर अनुहार सोझ्याउनेहरू पहिले आफ्नै, त्यसपछि मात्रै देवी दर्शन गर्दै थिए ।

‘छ्या कस्तो नराम्रो आको, डिलिट गर,’ काठमाडौं नैकापबाट आएको बताउने शर्मिला भण्डारी साथीसँगै आग्रह गर्दै थिइन्, ‘फेरि अर्को खिच न, प्लिज !’ पोजपोजमा दुबैले पालोपालो फोटो खिचाएपछि मात्रै उनीहरूको चित्त बुझ्यो ।

‘ओई…दर्शन गर्ने हैन ?’ हतारहतार मन्दिर फनक्क घुमेर बाहिरिने ढोकानिरै पुगिसकेकी साथीतिर हेर्दै शर्मिला चिच्याइन्, ‘यता आइज ।’ उनकी साथी के बिर्सेझैं गरी मन्दिरतिर फर्किइन् ।

बज्रबाराही मन्दिर परिसरमा भेटिएका काठमाडौं टोखाका हरिश रेग्मी भन्दै थिए, ‘अरु शक्तिपिठ बन्द छन्, यहाँ त खुल्लै रहेछ ।’

इतिहासअनुसार घना जंगलबीच पाटनका राजा श्रीनिवास मल्ल (नेसं ७८१–८०५) ले बज्रबाराही मन्दिर निर्माण गर्न लगाएका थिए । एकरात उनले सपनामा पाटन मंगलबजारस्थित पुरानो राजदरबार मुलचोकमा अष्टमातृका देवी गणसहित नाचिरहेको देखे

परिवारसहित निजी गाडीमा आएका हरिशले यसपटक काटमारसमेत नगरेको सुनाए । ‘गाडीलाई पनि सामान्य पुजा गरियो,’ कानमा जमरा र निधार रातै पारेका उनले थपे, ‘अहिले एकदमै सतर्कता अपनाउनुपर्ने अवस्था छ, त्यसैले आफ्नै गाडीमा पनि हामी चारमात्रै आयौं ।’

महामारीबीच उपत्यकाका अन्य शक्तिपिठ प्रवेश निषेध गरिए पनि ललितपुर चापागाउँस्थित प्रसिद्ध बज्रबाराही मन्दिर भने खुल्लै छ । दर्शनार्थी स्वयं सतर्कतापूर्वक दर्शन गरिरहेका छन् । विजय दशमीका दिन यहाँ ठुलै मेला लाग्छ । तर, यसपटक कोरोना महामारीका कारण मेला स्थगित गरियो ।

‘कोरोनाका कारण मन्दिरमा विभिन्न कार्यक्रम स्थगित गर्न आग्रह गरेका छौं,’ गोदावरी नगरपालिका–११ वडाध्यक्ष निलबहादुर देशारले राजधानीसँग भने, ‘हाम्रो आग्रहमा वडावासीले पनि साथ दिएका छन् ।’ मठ–मन्दिरलगायत अन्य स्थानसमेत भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरिएको उनले बताए ।

त्यस्तो त, बज्रबाराही मन्दिर धार्मिक वनभित्र वर्षेनि गरिँदै आएको चित्रकला प्रदर्शनीसमेत हुन नपाएको कलाकार सुरेम देशार बताउँछन् । उनका अनुसार महामारी मध्यनजर गर्दै यसपटक प्रदर्शनी स्थगित गरिएको हो । ‘स्थानीय तहको आग्रहलाई हामीले नकार्न सकेनौं,’ कलाकार देशार भन्छन् ।

उपत्यकाका चारमध्ये उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिमा धुमबाराही र दक्षिणमा पर्ने बज्रबाराही बराहको स्त्रीलिंगी रुप हो ।

 

यो मन्दिर चापागाउँ पूर्वी क्षेत्रमा अवस्थित छ । यसको पूर्वतिर झरुवारासी, बडीखेल, दक्षिणतिर लेले, पश्चिमतिर पागाल नख्खु खोला, छम्पी एवं उत्तरतिर ठेंचो पर्छ । देवीको वेदीक प्रांगणबीच निर्मित पश्चिमाभिमूखि मन्दिरको भूइँमा निर्माण गरिएको छ ।

मन्दिरमा तीन मूर्ति प्रस्थापित भइसकेका छन् । वेदिकानिरको सानो जलकुण्ड अहिलेसम्म छ । वेदिका दायाँबाँया काठमा कुँदिएका वा चित्रित देवीका केही मूर्ति अझै प्रष्ट देखिन्छन् ।

बज्रबाराही उपवनको पश्चिमतिर बाटोछेउ सत्तल–धर्मशाला छन् । उपवन दक्षिण पश्चिमीछेउ तत्कालीन श्री ५ सरकारबाट सञ्चालित आयुर्वेद औषधालय छ ।

के भन्छ इतिहास ?

इतिहासअनुसार घना जंगलबीच पाटनका राजा श्रीनिवास मल्ल (नेसं ७८१–८०५) ले बज्रबाराही मन्दिर निर्माण गर्न लगाएका थिए । एकरात उनले सपनामा पाटन मंगलबजारस्थित पुरानो राजदरबार मुलचोकमा अष्टमातृका देवी गणसहित नाचिरहेको देखे ।

सपना’bout राजा श्रीनिवास मल्लले बज्रचार्य कुलपाद र राजोपाध्याय मधुसूदनसित सरल्लाह गरे । उनीहरूको सुझावअनुसार राजाले अष्टमातृका नृत्य वर्षैंपिच्छे नवरात्रिभर नचाउने व्यवस्था गरे । सपनापछि श्रीनिवासले अष्टमातृका मन्दिर अर्थात् बज्रबाराही देवी मूर्ति स्थापना, मन्दिर निर्माण गरेको र जात्रा चलाएको कथन छ ।

गजुर नभएको मन्दिर

चाख लाग्दो अर्को कुरा बज्रबाराही मन्दिरमा गजुर छैन । कथनअनुसार ठेंचोमी अर्थात् ठेंचोवासी भक्त आशानारायण महर्जनले मन्दिरमा गजुर चढाउने विचार गरे । त्यसै रात उनले सपनामा मन्दिर चुलिँदै आकाशतिर पुगिरहेको देखे । भोलिपल्ट बिहानै उनले गजुर राख्ने सोच तुरुन्तै त्यागिदिए । त्यसै बेलादेखि मन्दिर गजुरविहीन रहन गएको जनविश्वास छ ।
गजुर नभएकै कारण यस ठाउँमा मानापाथी भर्दा वा माना पाथी हिसाब गर्दा झुसी भर्न नहुने परम्परा कायमै छ । मुलुकी देवानी संहितामा पनि ठूली र सानी पाथी’bout उल्लेख छ । बज्रबाराहीबाहेक काठमाडौंमा रहेको मरुगणेश मन्दिरमा पनि गजुर राख्न नहुने मान्यता छ ।

तपाइको प्रतिक्रिया
(Visited 741 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?