काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रासङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भुगोलको दृश्यचित्र कोरिदिन्छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुतक सार्वजनिक गरिएको हो ।
लामिछानेले नितान्त नौलो क्षेत्रमा गएर नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक खगेन्द्र संग्रौला बताउछन् । ‘यो कति अति सजिलो ढंगले लेखिएको छ । सामान्य मान्छेले यसलाई सजिलोसँग बुझ्छ, यो कृति पढ्दा उसले नयाँ भुगोल पढ्छ,’ उनले भने, ‘नयाँ संस्कृति पढ्छ, नयाँ मान्छे भेट्छ, नयाँ रमाइलो भेट्छ ।’
यात्रा गर्ने र त्यसलाई लिपिबद्ध गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन् । आइसल्यान्डको सुन्दर भुगोल होस् या ट्र्याङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक बोकेर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन्
संसारमा नेपालीहरू कहाँकहाँ पुगेका छन्, उनीहरू कुन अवस्थामा कसरी बसेका छन्, त्यो चिज थाहा पाउनमा लामिछानेको ठुलो चाख रहेको संग्रौलाको भनाई छ । ‘कुनै देशको कुनाकानीमा नेपालीले सानो उद्यम गरेको छ भने त्यो देखेर उहाँ अत्यन्त प्रसन्न हुनुहुन्छ, हरेक नेपालीको प्रगतिलाई उहाँले आफ्नो र देशको प्रगति ठान्नुहुन्छ,’ उनले भने, ‘समयसमयमा उहाँ कुनै नयाँ ठाउँमा जानुहुन्छ, त्यस’boutको जानकारी टपक्क टिपेर सजिलो किसिमले लेखिदिनुहुन्छ ।’
उद्योग व्यवसायमा विशेष रुचि राख्ने लामिछानेको यो कृति विषयको नवीनता, क्षेत्रको नवीनाता र पहुँचको नवीनताका दृष्टिबाट उदाहरणीय रहेको संग्रौलाले बताए । ‘कोरोनाले तनावग्रष्त भएको मानिसलाई आनन्द प्रदान गर्न यो कृति सक्षम छ,’ संग्रौलाले भने ।
शब्दले संसार घुमाउने किताब ‘देश देशावर’ रहेको लेखक अमर न्यौपानेको भनाई छ । यसले विशेषगरी अफ्रिकी चार देशको युद्ध र शान्ति, विनाश र विकासको कथा पनि भन्ने उनको भनाइ छ । ‘संसार घुम्न चाहनेहरूका लागि यो किताब पथप्रदर्शक हो,’ उनले भने, ‘विकासप्रेमी एवम् राजनीतिज्ञहरूका लागि यसले आफ्नो देश बनाउन मार्गप्रशस्त पनि गर्छ ।’
’cause यो किताबमा विभिन्न किसिमका युद्ध र द्वन्द्वका कारण ध्वस्त भएर पनि त्यहाँबाट माथि उठेर विकसित भएका अफ्रिकी देशहरूको कथा छ । साथै अन्य विभिन्न देशका संस्कृति एवम् रहनसहन, भुगोल आदि विषयमा पनि सरल र सरस किसिमले प्रस्तत गर्न’ यो कृतिको विशेषता रहेको उनको भनाइ छ । यहाँका प्रत्येक नियात्रामा लेखकले आफ्नो देश सम्झेका छन् । ‘त्यसको लक्ष्य आफ्नो देशका नेताहरूलाई विकासको नमुना देखाउन’ हो,’ न्यौपानेले भने ।
किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । ‘विश्व धेरै रङरूपले भरिपूर्ण छ । बहुआयामिक पनि छ,’ उनले भने, ‘विभिन्न देश अनि ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ ।’ घुम्ने संस्कृति विकास हुँदै गरेको नेपालमा यो पुस्तकले त्यसका लागि सहयोगी भुमिका निर्वाह गर्न सक्ने उनले बताए । आफु जान नपाए पनि विभिन्न ठाउँ’bout बुझ्न पनि यसले सघाउने उनको भनाइ छ ।
जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँ’bout जानकारी राख्न चाहन्छ, उसका लागि पुस्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए । ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु खोज्नुभयो भने त्यो पाउनसहुन्न,’ लेखक स्विकार्छन्, ‘तर एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँ’bout जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्था’bout जानकारी दिन भने पक्कै काम लाग्नेछ ।’
डायरी लेख्ने बानी अनि केही रहर र केही लहडले जन्मिएको पहिलो पुस्तकबाट पाएको मायाले आफुलाई पुलकित बनाएको र लेखिरहने ऊर्जा थपिएको उनको भनाइ छ । कतै कुनै दृश्यले लोभ्याएर पुगेका बेला र कतै छुट्टी मनाउने उद्देश्यले घुम्न गएका बेला प्रत्येक यात्राका पृथक भोगाइ, अलग सिकाइलाई आफुले पुस्तकमा समेटेको लामिछानेले बताए ।
यात्रा गर्ने र त्यसलाई लिपिबद्ध गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन् । आइसल्यान्डको सुन्दर भुगोल होस् या ट्र्याङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक बोकेर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन् । सँगै जातीय युद्धको विभीषिकाबाट गुज्रिएको रूवान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डाले आफ्नो बिद्रुप इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि पुस्तकले देखाउँछ ।
पुस्तकमा लेखकले कहिले विभिन्न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गर्छन् त कहिले हामीले पनि यस्तै गर्न पाए भनेर सपना देख्छन् । विश्वका अनेक भाषा, परम्परा, संस्कृति र दृश्यको स्वाद चखाउँदै तीसँग जोडिएका अनुभुतिलाई पनि सुक्ष्म रूपले अभिव्यञ्जित गर्छन् ।








