घरमै बसेका कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर

धनकुटा । कोरोना संक्रमण पुष्टि भई घरमै ‘होम आईसोलेशन’ बसेका धनकुटाका एक कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको हो ।

उनी मृगौला रोग पीडित थिए । उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पीसीआर परीक्षण गर्दा गत आइतबार उनमा संक्रमण पुष्टि भएको थियो । नोबेलमा मृगौलाको डायलाईसिससमेत गराईएका उनी संक्रमण पुष्टि भएपछि घरमै ‘होम आईसोलेशन’ बसेका थिए ।

मृतकको शवलाई नेपाली सेनाले धनकुटा खोला र तमोर नदी दोभानमा अन्त्येष्टि गरेको छ । योसँगै धनकुटामा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पार्न सांसदको माग