हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

Harvey Weinstein arrives at the Manhattan Criminal Court, on February 21, 2020 in New York City. - The disgraced movie mogul, 67, faces life in prison if the jury of seven men and five women convict him of a variety of sexual misconduct charges in New York. (Photo by Johannes EISELE / AFP) (Photo by JOHANNES EISELE/AFP via Getty Images)



न्युयोर्क । हलिउड निर्माता हार्भी वाइन्सटिनलाई बलात्कार तथा यौन दुव्र्यवहार र कुटपिटको घटनामा दोषी ठहर गरिएको छ । न्यूयोर्कको एउटा अदालतले गरेको सो फैसलालाई मिटू अर्थात् ‘म पनि पीडित’ भनिने यौन आक्रमणका दुव्र्यवहार पीडित महिलाहरूको आन्दोलनको जितका रूपमा हेरिएको छ ।

६७ वर्षीय वाइन्सटिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फस्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ । न्यूयोर्कमा बलात्कारको थर्ड डिग्री आरोप भन्नाले सहमति जनाउन नसक्ने अवस्थामा रहेका वा १७ वर्ष भन्दा कम उमेरका वा सहमति दिन नसक्नुका साथै कुनै कारणवश त्यस्तो नगरेकासँग शारीरिक सम्बन्धमा संलग्न रहेको भन्ने बुझिन्छ ।

तर वाइन्सटिनमाथि लागेको सबैभन्दा गम्भीर मुद्दामा भने उनले सफाइ पाएका छन् । वाइन्सटिनले २५ वर्ष सम्मको जेल सजाय पाउन सक्ने बताइएको छ । सन् २०१३ मा लस एन्जलसमा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ । ग्वेइनेथ प्यालट्रो, उमा थर्मेन र साल्मा हाएक सहित कम्तीमा ८० जनाले उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।

पल्प फिक्सन, गुड विल हन्टिङ्, द किंग्स स्पीच र शेक्सपियर इन लभ जस्ता ओस्कर जित्न सफल चलचित्रका कारण उनले ख्याति कमाएका थिए । सात जना पुरुष र पाँच महिला रहेको इजलासले सुनुवाइको पाँचौं दिनमा उनीविरुद्ध फैसला सुनाएको हो ।

सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटपिट गरेको र अभिनेत्री बन्न चाहने एक कलाकारलाई सन् २०१३ मा बलात्कार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो । अदालतले उनलाई तत्काल जेल चलान गर्न आदेश सुनाएको थियो । वाइन्सटिनले भने सबै आरोपको खण्डन गर्दै आएका छन् ।



तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम