काठमाडौ । सरकारी कार्यालयमा हुने भ्रष्टचार रोक्ने उद्धेश्यले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले देशव्यापी अभियान थाल्ने भएको छ ।
भ्रष्टचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आधिकारिक ट्रेड युनियनले बुधबार राजधानीमा ‘भ्रष्टचार नियन्त्रणमा ट्रेड युनियनको भुमिका ’विषयक विचार गोष्ठीको आयोजना गर्दै देशव्यापी रुपमा भ्रष्टचार विरुद्ध अभियान थाल्ने उद्घोष गरेको हो । कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियनका कार्यवहाक अध्यक्ष भोलानाथ पोखरेलले अब आधिकारिक ट्रेड युनियनको ७७ वटै कार्यसमितिमा भ्रष्टचार विरुद्ध अभियान थाल्न सर्कुलर गरिने जानकारी दिए । उनले विगतका सरकारका पालामा भन्दा वर्तमान सरकारको पालामा भ्रष्टचारमा कमी आएको भएता पनि भ्रष्टचार सामाजिक रोग भएकाले यस विरुद्धको अभियान जारी राख्नु पर्ने आवश्यकता औल्याए । पोखरेलले ट्रान्सपरेन्सी इन्टरनेशनले हावाधारी तथ्याङ्क पेश गर्दै निजामती कर्मचारीहरुलाई भष्टचारमा लीप्त रहेको आरोप लगाएर आम कर्मचारीको हुर्मत लिएको आरोप लगाए ।
सो विचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा वोल्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भ्रष्टचार रोक्न सामूहिक प्रयास जरुरी रहेको बताइन् । मन्त्री तुम्वाहाङ्फेले एमनेष्टी इन्टरनेशनले हचुवाको आधारमा बनाएको रिपोर्ट विश्वसनीय नभएको दावी गरिन् । उनले वर्तमान सरकारले भ्रष्टचार रोक्न विभिन्न महत्वपुर्ण कार्यहरु गरेको बताउदै विगतका सरकारका पालामा भन्दा हाल भ्रष्टचारमा नीकै कमी आएको बताइन् ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सहसचिव तारानाथ अधिकारीले ‘भ्रष्टचार र यसको नियन्त्रणमा सार्वजनिक क्षेत्रका ट्रेड युनियनको भूमिका’ विषयमा विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यपत्र मार्फत भ्रष्टचारको चिरफार गर्दै भ्रष्टचारका प्रभाव , भ्रष्टचारका कारण तथा स्रोतहरु, नेपालमा भ्रष्टचार नियन्त्रणको अवस्था, प्रशासकीय भ्रष्टचारमा उत्पन्न हुने अवस्थाका ’boutमा प्रकाश पारेका थिए । यसैगरि उनले कार्यपत्र मार्फत ट्रेड युनियनले भ्रष्टचार नियन्त्रणमा चासो लिनु पर्ने कारण, फ्रन्टलाइनको सेवा प्रवाहमा हुने घुस रिसवतका सम्वन्धमा गरिएका केहि अन्तर्राष्ट्रिय अध्ययनहरुको निश्कर्ष, प्रशासकिय भ्रष्टचारको नियन्त्रणमा ट्रेड युनियनको भूमिका लगायतका विषयमा महत्वपुर्ण सुझावहरु पेश गरेका थिए । उनले भ्रष्टचार आफैमा खुनी हत्यारा भएको दावी गर्दै यसले हजारौ गरिब, निमुखालाई दिनदहाडै मारिरहेको बताए । भ्रष्टचारबाट समाजलाई मुक्त गर्न राजनीति , प्रशासन, नीजि क्षेत्र र नागरिक समाजले उच्च नैतिक चरित्र प्रदर्शन गर्नुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा सरकारका सहसचिव दामोदर रेग्मीले कार्यपत्र माथि टिप्पणी गर्दै भ्रष्टचारका बहुआयमिक पक्षका ’boutमा प्रकाश पारेका थिए । उनले भ्रष्टचार नियन्त्रण गर्न सबैमा सकारात्मक सोच आवश्यक पर्ने बताउदै भ्रष्टचारमा डिमाण्ड पक्षलाई मात्रै नभई सप्लाई पक्षलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा कार्यपत्र माथि टिप्पणी गर्दै राजधानी दैनिकका सम्पादक सागर पण्डितले राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व इमान्दार बन्न सकेमा भ्रष्टचारमा नीकै कमी आउने बताए । पण्डितले सुशासन माथिल्लो पदमा रहेकाहरुबाट शुरु गरिनु पर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार प्रसाद देवकोटा, आधिकारिक ट्रेड युनियनका महासचिव सुवोध देवकोटा, नेपाल निजामती कर्मचारी युनियन(संघ)का उपाध्यक्ष उत्तम कटुवाल, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल, मधेशी कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी, आधिकारिक ट्रेड युनियनका कोषाध्यक्ष सिन्धु पाण्डे, सचिव अम्वादत्त भट्ट लगायतले भ्रष्टचार नियन्त्रणमा ट्रेड युनियनले खेलेको भुमिकामा ’boutमा आ आफ्नो विचार राखेका थिए ।






