१३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

सांकेतिक तस्वीर

उदयपुर । १३ वर्षीय छोरीलाई बारम्बार बलात्कार गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिकामा– ८ दिपुटोलका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको छ । १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी अनुसन्धान थालेको छ ।

छोरी बलात्कार गरेको गोप्य सुचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदययपुरका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । पीडीत बालिकालाई जिल्ला अस्पताल गाईघाटमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

पशु चौपाया गुमाएका परिवारलाई राहत दिइने