प्रदेश लिग’bout छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी र सी डिभिजन लिगपछि प्रदेश लिग फुटबल संचालनका लागि पनि प्रक्रिया अघि बढाएको छ । यसअघि हुन बाँकी रहेका प्रदेश २, बागमती र सुदूरपश्चिममा माघमा लिग सञ्चालन गर्ने गरी तयारी सुरु गरेको एन्फाले जनाएको छ ।

एन्फा पदाधिकारीले प्रदेश फुटबल संघका प्रतिनिधिसँग बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा भएको छलफलमा प्रदेश फुटबलका प्रतिनिधि प्रदेश लिग सञ्चालनका लागि सकारात्मक रहेको र एन्फाले एक साताभित्र प्रदेश लिगको विषयमा प्रस्ताव पेश गर्न प्रदेश संघलाई भनेको छ ।

एन्फामा भएको छलफलमा एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, लिगका निर्देशक सञ्जिव मिश्रसँगै बागमती र सुदूरपश्चिम प्रदेशसँगका प्रतिनिधि सहभागी रहेको एन्फाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी