प्रदेश २ लाई सहकारी मैत्री बनाउने : मन्त्री साह

सप्तरी, राजविराज । प्रदेश २ सरकारले सहकारीमा देखिएको बिकृतीलाई नियमनका लागि विशेष योजना ल्याउने भएको छ ।

प्रदेश २ का भूमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बिहीबार राजविराजमा जिल्ला सहकारी संघ लि. को १२ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रदेश २ मा मात्रै ७ हजार भन्दा बढी रहेका सहकारी संस्थाहरु मध्ये धेरै जसो सहकारीताको मर्म बमोजिम सन्तोषजन ढंगले अझै काम गर्न नसकेको खुलासा गर्दै उनले उद्देश्य अनुसार काम गर्न दवाव दिने उद्देश्यले पनि यस्तो योजना बनाइएको बताए ।

दर्ता गरेर मात्र बसेका तर, सहकारीताको र्मम अनुसार काम नगरेका त्यस्ता सहकारी संस्थाहरुको दर्ता नै खारेज गर्ने र कमजोर अवस्थामा रहेका सहकारी संस्थालाई मर्ज गर्ने योजना बनाएको मन्त्री साहले जानकारी दिएका छन् ।

उनले किसानलाई प्रोत्साहन गर्न उनको उत्पादन सरल र सहज रुपमा बजारसम्म पु-याउने र प्रदेशका मुख्य सहरहरुमा सहकारी पसल संचालनमा ल्याउने तयारी समेत अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रदेशलाई कृषि मार्फत समृद्ध बनाउन कुनै कसर बाँकी नराखिएको जनाउँदै उनले प्रदेश स्तरिय एकिकृत योजना अन्तरगत सिरहाको गोलबजारमा प्रदेश स्तरिय सहकारी तालिम केन्द्र, पशुपालन ब्यवसाय तथा श्रोत केन्द्र निर्माणका लागि १ सय ६५ विगहा जग्गा खरीद गरिसकिएको जानकारी दिए ।

प्रदेश २ लाई सहकारी मैत्री प्रदेश बनाउने योजना सुनाएका मन्त्री साहले यसक्रममा ८ वटै जिल्लामा शितभण्डार निर्माण, पावर प्लान्ट निर्माणका साथै दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई प्रति लिटर २ रुँपैया अनुदानदेखी कोरोनाको मारमा परेका किसानलाई ४ महिनासम्मको ऋणको ब्याज मिनाहा लगायतका किसान मैत्री कार्यक्रमहरु अघि बढिसकेको जनाए ।

केन्द्र सरकारको समन्वय तथा उपेक्षाकाबीच उपलब्ध साधनश्रोतको उच्चत्तम परिचालन गरि सम्बृद्ध प्रदेश निर्माणमा आफूहरु लागिपरेको उनको भनाई थियो ।

जिल्ला सहकारी संघ लि. का अध्यक्ष बिनोद दत्ताको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रिय सहकारी संघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु बहादुर खडका, जसपा प्रदेश २ का सचिव दिनेश यादव, जिल्ला सहकारी संघकी प्रवक्ता माला कर्ण, पत्रकार बैजनाथ झालगायतले पनि बोल्दै कृषि क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानिय गरि तीनै तहका सरकार समन्वय र सहकार्य गरि अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम