जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई जफत सामाग्रीसहित सोमबार अदालत उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो । आदेशमा बरामद सामग्रीसहित उपस्थित गराउन भनिएको छ ।

पत्रकार श्रेष्ठको पक्राउविरुद्ध उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले बुधबार राति ललितपुरस्थित उनको निवास नजिकबाट पक्राउ गरेको थियो । पक्राउपछि जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइललगायतका विद्युतीय सामग्रीसमेत प्रहरीले जफत गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

पत्रकार श्रेष्ठमाथि अनुसन्धान गर्न अदालतले बिहीबार तीन दिनको म्यादसमेत दिएको थियो ।

पत्रकार श्रेष्ठको पक्राउको विरोध र रिहाइको माग भइरहेको छ । नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिल, विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै उनलाई निःशर्त रिहा गर्न माग गर्दै आएका छन् ।

पकार श्ररुेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका छन् । उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व महासचिव पनि हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै