नेपालमा पनि नयाँ स्वरूपको कोरोना संक्रमण हुन सक्ने चिन्ता जाहेर हुन थालेपछि पुनः एक किसिमको त्रास फैलन थालेको छ । बेलायतबाट सुरु भएको भनिएको नयाँ खाले कोरोनाको संस्करण विश्वव्यापी हुनबाट रोक्न सबैले आआफ्नो देशमा यस’boutमा नियन्त्रण कसरी गर्न सकिन्छ भनी छलफल बेलैमा चलाउन थालेका छन् । यसले विश्वका अधिकांश देशहरूमा स्वास्थ्य सहकार्यको आवश्यकतालाई बेलैमा बोध गराएको छ । त्यसैले, नेपालमा पनि सबै जना यस’bout उच्च सर्तक हुन जरुरी छ ।
यो आफैंमा उच्च प्रजातिको भएका कारण पनि अहिलेसम्म भए गरेका रेकथामका उपायहरू कामयावी हुने हुन् वा होइनन् भन्ने चिन्ता पनि उब्जाएको छ । पछिल्लो चरणमा भारतमा यो प्रजातिको कोरोना भाइरसको आगमन भैसकेको पुष्टि भएपछि नेपाल पनि यसबाट अछुतो रहन नसक्ने कुराले स्वास्थ्यकर्मीहरू माझ थप संकट र सतर्कता निम्त्याएको देखिन्छ । त्यसो त बेलायतबाट नेपालमा आएका पाँच जनामा यो प्रजातिको कोरोना भाइरस संक्रमण भेटिएपछि नेपाल अब अछुतो नरहेको पुष्टि हुन गएको छ । पछिल्लो प्रजातिको भाइरस पहिलेका प्रजातिका भाइरसभन्दा तीव्र गतिमा सर्ने र यसले पार्ने असर पनि गम्भीर प्रकृतिको हुने बताएको छ । तथापि, नेपालमा आधुनिक उपकरणको अभावका कारण यसको जाँचपडताल र रोकथामका लागि गरिनुपर्ने स्वास्थ्य उपायहरू तदारुकताका साथ अपनाउन सकिएको छैन ।
अध्ययनले पुष्टि गरिसकेको छ कि पछिल्लो चरणमा विकसित हुँदै गरेका कोरोना भाइरसका प्रजाति कुनै पनि मानव समुदायको जीनको प्रकृतिअनुसार फरकफरक रहने गरेको छ । त्यसैले पनि नेपालमा बेलायतबाट फर्केका मानिसहरूमा देखिएको भाइरसको प्रजाति कुन खालको हो, सोको यकिन हुनु जरुरी छ । भाइरसको प्रकतिअनुसार उपचारको व्यवस्था तत्काल गरिनुपर्छ । कतिपय स्वास्थ्यकर्मीका बीचमा पछिल्लो चरणमा देखिएको भाइरस यही कोरोना भाइरस नै हो कि अन्य नयाँ भन्ने बहस पनि नचलेको होइन । तर, अहिलेसम्म देखिएका भाइरस सबै नै कोरोनाको विभिन्न संस्करण भएको पुष्टि हुँदै आएको छ । हाल बेलायतमा विकसित भएको र विश्वमा फैलँदै गरिरहेको भाइरस पनि कोरोनाकै प्रजाति भएकोमा स्वास्थ्यकर्मीहरूको एक मत रहेको छ । कोरोना भाइरसको म्युटेसन वा नयाँनयाँ प्रजातिमा विकास हुँदै जाने चरित्रका कारण पनि यसले छिटोछिटो स्वरूप परिवर्तन गरिरहेको देखिन्छ । विश्वमा रहेको वातावरण र मानव जिनको विविधताअनुसार कोरोना भाइरसले आफूलाई अपडेट गरिरहन्छ । आश्चर्यको कुरा त के छ भने कोरोना भाइरसले विश्वमा अहिले ४ हजारपटकभन्दा बढी आफूलाई परिवर्तित गरिसकेको छ ।
नेपालजस्तो देशमा अहिले भइरहेको कोरोनाको संस्करणले पनि ठूलो क्षति पु-याइरहेको छ । त्यसका लागि आवश्यक खोप र औषधि देशमा नै उत्पादन हुन सकेको छैन । रेम्डेसिभिरजस्ता मलेरिया नियन्त्रणका लागि बनाइएका पुराना औषधि कोरोना नियन्त्रणका लागि उपयोगी हुने भनिएपछि प्रयोगमा ल्याइएका छन् । नयाँ निर्माण गरिएका औषधि छिमेकी देशहरुका साथै मित्र राष्ट्रहरूले सहयोग र केही खरिदमा दिने भनिए पनि ती खोप र औषधि ल्याएर संरक्षण गर्नुका साथै जनताको घरदैलोमा पु-याउनु निकै समस्या हुने देखिएको छ । यसका लागि सरकार तथा सम्बन्धित निकायले यसको उचित व्यवस्थापन तथा सेवा सुविधामा जनताको पहुँच पु¥याउन बेलैमा सोच्नुपर्ने बेला भएको छ ।






