साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

Southampton's goalkeeper Fraser Forster dives across Liverpool's Mohamed Salah to take the ball during the English Premier League soccer match between Southampton and Liverpool at St Mary's Stadium, Southampton, England, Monday, Jan. 4, 2021. (AP Photo/Michael Steele,Pool)

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनसँग १(० गोल अन्तरले पराजित भएपछि लिभरपुल स्तब्ध बनेको हो । साउथह्याम्पटनका लागि ड्यानी इङ्सले निर्णायक गोल गरे ।

पराजयसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भयो । लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ ।दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भए पनि लिभरपुल शीर्ष स्थानमा रहेको छ । तर युनाइटेडले १६ खेल मात्र खेलेको छ । यस्तै तेस्रो स्थानमा म्यानचेस्टर सिटी छ । उसको १७ खेलमा ३२ अंक जोडेको छ ।

साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । उसको १७ खेलबाट २९ अंक भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह