कविता : भेटिन मैले

बलिदान दिनुहुन्थ्यो
तर कारण भेटिएन ।
नंग्रा खियाउने जाँगर थियो
तर ठाउँ भेटिएन ।।

होस्टेमा मा हैंसे गर्ने भेटिए
तर सफलता भेटिएन ।
देशमा लुटको तन्त्र चल्यो
तर माया गर्ने नेता भेटिएन ।।

देवमूर्ति चोरियो, सम्पदा नासियो
तर बचाउने भेटिएन ।
कर्मठ युवाहरू विदेशिए
तर फर्काउने भेटिएन ।।

कमिसनको होडबाजी चल्यो
तर सफल योजना भेटिएन ।
भ्रष्टहरूको भिड जताततै
तर सजाय दिन सक्ने भेटिएन ।।

फेरि चुनावको चर्चा चल्यो
तर नयाँ अनुहार भेटिएन ।
फोस्रा आश्वासन हाम्रो पोल्टामा
तर देश बनाउने सरकार भेटिएन ।।
– लन्डन ।

तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?