सिटी, चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा

लन्डन । म्यानचेष्टर सिटी, चेल्सी र टोटनह्याम एफए कपको चौथो चरणमा पुगेका छन् । गएराति सम्पन्न खेलमा बर्मिङघम सिटीलाई ३-० ले पराजित गर्दै म्यानचेष्टर सिटी चौथो चरणमा पुगेको हो ।

सिटीका लागि बर्नाडो सिल्भाले दुई र फिल फोडेनले एक गोल गरे । अर्को खेलमा मोरक्याम्बलाई ४(०ले हराउदै चेल्सी पनि अघिल्लो चरणमा पुगेको छ ।

चेल्सीको जितमा टिमो वेर्नर, मासन माउन्ट, कलुम हड्सन ओडोइ र काई हाभर्टजले गोल गरे । टोटेनह्याम पनि मारिन एएफसीलाई ५-० ले हराउदै अघिल्लो चरणमा पुगेको छ ।टोटेनहमको जितमा कार्लोस भिनिसियसले ह्याट्रिक गरे ।

यस्तै लुकास मौरा र अल्फी डिभाइनले १-१ गोल थपे । अर्को खेलमा ब्राइटनले न्युपोर्ट काउन्टीलाई पेनाल्टीमा ४-३ गोल अन्तरले हराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ