कोरोनाबाट पहिलो मृत्यु भएको सिन्धुपाल्चोकमा खोप सुरु (फाेटाेफिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरस ‘कोभीड–१९’ को संक्रमणबाट पहिलो मृत्यु भएको सिन्धुपाल्चोकमा पनि देशव्यापी रुपमा सञ्चालन गरिएको कोरोना भाइरस विरुद्धको खोप औपचारिक रुपमा सुरुवात गरिएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकमा सुरु भएको कोरोना विरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले खोप लगाएर सुरुवात गरेका थिए । कोभिड–१९ को खोप अभियानको सुरुवाती कार्यक्रममा चौतारा अस्पतालका स्टाफ नर्सलाई प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खोप दिएर सुरुवात गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको लक्षित समुह अन्र्तगत सिन्धुपाल्चोकमा पहिलो चरणमा स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वमसेविका,एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरुलाई लगाइने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चपागाईले जानकारी दिए ।

चौतारा अस्पताल र बाह्रविसे गरी दुइ स्थानमा खोप केन्द्र रािखएको छ । दुइ केन्द्रमा सबै स्थानीय तहका तोकिएका समुहहरु आएर खोप लगाउने उनले जानकारी दिए ।

चौतारा अस्पतालमा ५ सय ११ स्वास्थ्यकर्मी,४ सय २२ महिला स्वास्थ्य स्वमसेविका,२० एम्बुलेन्स चालक र २० शव व्यवस्थापनमा खटिने नेपाली सेनालाई यो खोप लगाइने छ ।

त्यस्तै बाह्रविसे प्रथामिक स्वास्थ्यकेन्द्रमा ३ सय ३१ स्वास्थ्यकर्मी,२ सय ६३ महिला स्वास्थ्य स्वमसेविका,१६ एम्बुलेन्स चालकसहित ६ सय १० लाई यो खोप लगाइने छ । सिन्धुपाल्चोकको लागि १७ सय ८० डोज कोभिडसिल्ड भ्याक्सीन प्राप्त भएको छ । दुइ खोप केन्द्रमा कम्तीमा दुइ जना खोप कार्याकर्ता र २ जना स्वमसेविका खटाइने छ ।

दुवै खोप केन्द्रमा चिकित्सकहरु को टोली पनि परिचालन हुने र खोप अभियान ५ दिनसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले जानकारी दिए । पहिलो दिन १० स्वास्थ्यकर्मी र नेपाली सेना गोरखबक्स गणका १० लाई यो खोप लगाइएको थियो । सिन्धुपाल्चोकमा हालसम्म ८ सय ६८ मा कोरोना सक्रमण पुष्टी भएकोमा ८ सय ४८ जना निको भएर घर फर्केका छन् । कोरोना सक्रमित मध्ये १७ को मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

epaper

ताजा समाचार

आजको विदेशी मुद्राको विनिमयदर : चिनियाँ युआन मजबुत, जापानी येन कमजोर