आजको विदेशी मुद्राको विनिमयदर : चिनियाँ युआन मजबुत, जापानी येन कमजोर


काठमाडौं । आज बिहीबार चिनियाँ युआन मजबुत बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन हिजो बुधबार एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको थियो ।

चिनियाँ युआन मंगलबारका लागि एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको थियो । सोमबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा, आइतबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको थियो । शनिबार पनि यही थियो । शुक्रबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको थियो । बिहीबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा थियो ।

आज जापानी येन हिजोको तुलनामा केही कमजोर बनेको छ । आज बिहीबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । हिजो बुधबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको थियो । मंगलबार जापानी येन १० को खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा निर्धारण गरिएको थियो । जापानी येन सोमबारका लागि १० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको थियो । यस्तै, आइतबारका लागि १० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको थियो । शनिबार पनि यही थियो । जापानी येन शुक्रबारका लागि १० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको थियो । बिहीबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा तोकिएको थियो । बुधबार जापानी येन १० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०७ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३४ पैसा र बिक्रीदर १२० रुपैयाँ ८१ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २३ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ४९ पैसा बिक्रीदर ४०८ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

आजको विदेशी मुद्राको विनिमयदर : चिनियाँ युआन मजबुत, जापानी येन कमजोर