शीर्ष स्थानमा उक्लिने म्यानचेष्टर युनाइटेडको सपना सेफिल्डद्वारा चकनाचुर

लन्डन । दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड विसौं स्थानमा रहेको सेफिल्डसँग स्तब्ध बनेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा आफ्नै घरेलु मैदानमा सेफिल्डसँग एक गोलका विरुद्ध दुई गोलले म्यानचेष्टर युनाइटेड पराजित भएको हो ।

पहिलो हाफदेखि नै एक गोलको अग्रता लिएको सेफिल्डले दोस्रो हाफमा अर्को एक गोल थप्दै यो जीत आफ्नो पक्षमा पारेको हो । घरेलु मैदानमा भएको यो खेलमा जीत निकाल्दै सिटीलाई पछि पार्दै पुनः शीर्ष स्थानमा उक्लने युनाइटेडको रणनीति यो हारसँग विफल भएको छ ।

आजै बिहान सम्पन्न अर्को खेलमा तेस्रो स्थानमा रहेको लेस्टर सिटी एभरटनसँग बराबरीमा रोकिएको छ । त्यसैगरी ब्राइटनले पनि आफ्नो घरेलु मैदानमा फुलह्यामसँग गोलरहित बराबरी खेलेको छ । ४१ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ भने ४० अंकसहित म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा रहेका छन्

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान