नेकपा अध्यक्ष दाहाल सुनकोशी -याफटिङमा सरर…

सुकुटे । ‘रिफ्रेस’का लागि पटक पटक सिन्धुपाल्चोकको सुकुटेमा आउने गरेका नेकपा का केन्द्रीय अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबारदेखि सुरु हुने प्रथम सुकुटे महोत्सवको उद्घाटनको अघिल्लो दिन नै आइपुगेका छन् ।

सुकुटे महोत्सव उद्घाटनमा शुक्रबार मात्रै दाहाल आउने बताइएपनि पत्नी सीता दाहाल सहित अध्यक्ष दाहाल बिहीबार दिउँसो हेलिकोप्टेरबाट सुकुटे आइपुगेका थिए ।

नेकपा अध्यक्ष दाहालको पत्नी सिता दाहाल बिरामी छन् । चितवन पुगेका दाहाल हेलिकोप्टेरबाट सिधै सुकुटे आइपुगेका थिए । सुकुटेमा आए लगतै पत्नी सीता सहित अध्यक्ष दाहालले सुनकोशी नदीमा -याफटीङ गरेका थिए ।

महोत्सवस्थल सुकुटेदेखि चेहेरे सम्म दाहालको टोलीले ¥याफटीङ गरेको थियो । सुकुटे आउँदा यस अघि सुनकोशी बिच रिसोर्टमा बस्ने गरेपनि यो पटक भने दाहाल भोटेकोशी बिच रिसोर्टमा बसेका छन् ।

सुकुटे महोत्सबको उद्घाटन दाहाल सहित अन्य अतिथीहरुलाई -याफटीङ गराएर महोत्सबको उद्घाटन गर्ने कार्यक्रम भएपनि बिरामी पत्नी सीता दाहालको अनुरोधमा अध्यक्ष दाहालले बिहीबार नै -याफटीङ गरेका थिए । -याफटीङमा विश्वको सातौ स्थानमा पर्ने सुनकोशी नदीमा धेरै भङगला(छाल) भएकाले -याफटीङको मज्जा हुने गरेको छ । तर अध्यक्ष दाहालको पत्नी सीताको अनुरोधमा कम भङगला भएको क्षेत्र सुकुटेदेखि चेहेरे सम्म -याफटीङ गराइएको थियो ।

हेलीकोप्टेरबाट सुकुटे आउँदा पत्नी सीता दाहाललाई भने दुइ जना सहयोगीले साथ दिएर बस्ने स्थानसम्म पु¥याएका थिए । पत्नी सहित एउटै बोटमा -याफटीङ गरेका अध्यक्ष दाहालले बेला बेलामा ‘सीता म्याम लाई सबै ठिक छन नी होइन’ भन्दै उनको केयर गरिरहेका थिए । अध्यक्ष दाहाल बेला बेलामा पत्नी सीता तर्फ हेर्दे -याफटीङ गरीरहेका थिए ।

यस अघि सुकुटे आउँदा उनका विश्वासपात्रको रुपमा चिनिएका अग्नि प्रसाद सापकोटाको साथमा आउने गरेपनि सापकोटा सभामुख भएपछि भने उनी एक्लै सुकुटेमा आएका थिए ।

नेकपाका केन्द्रीय सदस्यहरु उनलाई स्वागत गर्न बेलुकी मात्रै सुकुटे आएका थिए । दाहाल निकट वाग्मती प्रदेशका समाजिक विकास मन्त्री युवराज दुलाल र केन्द्रीय सदस्य माधव सापकोटा बेलुकी मात्रै दाहाल बसेको भोटेकोशी बिच रिसोर्टमा आएका थिए । अध्यक्ष दाहालले बिहीबार पार्टीका नेता कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम नरहेको नेकपाका नेताहरुल्े जानकारी दिएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि तनाब हुन साथ अध्यक्ष दाहाल सुकुटे आउने गरेका थिए । एक महिना अघि मात्रै दाहाल सुकुटे नजिकै रहेको कदमबासमा आएर बसेका थिए । उनको यो सातौ पटकको सुकुटे भ्रमण हो । अध्यक्ष दाहालकै कारण सुकुटे क्षेत्रको प्रचार प्रसारमा सहयोग पुगेको भन्दै महोत्सवको उद्घाटन पनि दाहालबाटै गर्न लागिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक राजेन्द्र शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 534 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?