गिरिजा महानायक बने, ओली बेइमान निस्किए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान रहेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी सोच भएका राजा महाराजा मात्रै लागेको बताए ।

स्व. गिरिजाप्रसाद कोइराला निरंकुशताविरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै उहाँ महानायक बन्न सफल भएको भन्दै कोइरालाको प्रसंसा गरेका दाहालले निरंकुशताका अगाडि आफु पनि अन्तिमसम्म लड्ने बताए । अब आफ्नो गुमाउनु केही बाँकी नरहेको भन्दै दाहालले वाँकी जीवन नेपाली जनताका लागि भएको बताए ।

अध्यक्ष दाहालले देशलाई अध्याँरो सुरुङभित्र हाल्न ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको भन्दै सचेत रहन आग्रह समेत गरे । ‘नेपाली जनता जागिसके ओलीको प्रतिगामी कदम अब धेरै दिन टिक्दैन ।’ उनले भने ।

नेकपा एकता घोषणा भएको तीन वर्ष नवित्दै आफैंले बनाएका प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपरेको र त्यो नेपाली जनताको हितका लागि भएको उनको भनाई थियो ।

नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो । ‘जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिन्छ ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?