काभ्रेपलाञ्चोक । बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।
योजनाअनुसार सो सडकखण्डमा १० मिटरबराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको छ ।
सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।
डीपीआरअनुसार सडक विस्तारमा तीन अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सडक कालोपत्र गर्न प्रतिकिलोमिटर १८ करोड पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।
सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए । विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ ।
२०८१ साल असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो । रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकामा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।
क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढाइएको छ ।
काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक सडकखण्डका लागि एक अर्ब रुपैयाँबराबरको स्रोत सुनिश्चित गरिएको कार्यालयले जनाएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) निर्माण सुरु गरिएको थियो ।
१६० किलोमिटर लामो सो राजमार्ग निर्माण सम्पन्न भएपछि १८ असार २०७२ मा जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो ।
सम्बन्धित समाचार
दुई वर्षदेखि प्रदेश सरकारमै फाइल रोकिँदा धनगढीको अत्याधुनिक बसपार्क निर्माण अन्योलमा
युरेनियम उत्खननको अधिकार सरकारमातहत लैजाने तयारी
भेडेटार आकाशमा नयाँ आकर्षणः बढ्दै सिसामाथि टेक्ने पाइला
सन्दीप पुनः नेपाली क्रिकेट टोलीको कप्तान
सुक्खा पहिरोले म्याग्दीको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते
बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने, पाउँलान् त ?
सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास
पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि ३ दिन म्याद थप






