१३ वर्षिया बालिकालाई फकाएर बलात्कार गर्ने पक्राउ

गुल्मी । गुल्मीमा बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –४ अर्खबाङ्गका २९ बर्षिया जगत बहादुर राना पक्राउ परेका हुन् । उनले मदाने गाउँपालिका –४ म्यालपोखरीकी १३ बर्षिय बालिकालाई माघ २६ गते बलात्कार गरेका थिए । तर उजुरी भने जिल्ला प्रहरी कार्यालय, गुल्मीमा शुक्रबार मात्रै दर्ता भयो ।

सोही उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । राना म्यालपोखरीकै विद्यालय बनाउनको लागि मजदुरको रुपमा कार्यरत थिए । सोही क्रममा बालिकालाई फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडामा राप्रपाका दीपकले लम्ब्याए मतान्तर