घरेलु मैदानमा बार्सिलोनाको लज्जास्पद हार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार बिहान भएको राउण्ड अफ सिक्सटिनको खेलमा इंग्ल्याण्डको लिभरपुलले जर्मनीको आरबी लेप्जीगलाई २–० ले हराएको छ । जर्मनीमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र सादियो मानेले १–१ गोल ठोके ।

यता, फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनको बार्सिलोनाविरुद्ध सजिलो जित निकालेको छ । बार्सिलोनाको मैदानमा भएको खेलमा पिएसजी ४–१ ले विजयी भयो । भ्रमणकारी टोली पीएसजीका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइज किनले एक गोल थपे ।

बार्साका लियोनल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पहिलो लेगमा फराकिलो हार भोगेसँगै बार्सिलोना दोस्रो लेगअघि दबाबमा परेको छ ।

च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज पोर्चुगलको एफसी पोर्टोले इटालीको युभेन्टससँग खेल्दा स्पेनको सेभिया र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता