काठमाडौं । प्रतिगमन तथा बलात्कारविरुद्ध आन्दोलित महिला अभियन्तामाथि बलात्कार गर्ने तथा मार्ने धम्की आएको भन्दै ‘बृहत् नागरिक आन्दोलन’ले भत्सर्ना गरेको छ । गत ३० माघमा काठमाडौंमा आयोजित प्रतिगिमन तथा बलात्कारविरुद्धको महिला मार्चमा सहभागी महिलाहरुलाई सो धम्की आएको भन्दै वृहत नागरिक आन्दोलनले भत्सर्ना गरेको हो ।
आज जारी विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनका अभियन्ताहरू सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्ष्य गरी फेसबुक र ट्विटरजस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता निकृष्ट धम्की दिइएको छ । यसरी धाकधम्की दिने, ट्रोलिङ गर्ने र साइबर दुर्व्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिँगो नागरिक आन्दोलन निर्भयसाथ डट्नेछ ।’
उसले यस्ता अपराधमा संलग्न’bout गम्भीरपूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन पनि माग गरेको छ ।






