दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका ६ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २७ वर्षीय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले हिमालले शुक्रबार राति २ बजे श्रीमती सुनितालाई खुकुरी प्रहार गरी हत्या गरेको बताए । प्रहरीलाई शनिबार विहान सवा ४ बजे खबर आएपछि खोजतलास गर्दा आज विहान कालिञ्चोक ७ बाट उनलाई पक्राउ गरिएको रिजालले बताए ।

पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा