सुनै सुनको तिलहरूमा आकाश उषाको रोमान्स

अभिनेता आकाश श्रेष्ठ पछिल्लो समय म्युजिक भिडियोमा निकै देखिने गरेका छन् । बेलायतमा बस्दै गरेका गायक प्रदीप कार्की र नेपालमै रहेकी गायिका बेनिषा पौडेलले गाएको नयाँ गति सुनै सुुनको तिलहरीमा अभिनेता आकाश श्रेष्ठ प्रस्तुत भएका छ ।

यो गीतको भिडियो आकाशको जोडी उषा उप्रेती छन् । यस्तै यो भिडियोमा उषा र आकाशको जोडी निकै सुहाएको छ । आकाशको नृत्य यसमा निकै राम्रो छ । उषा र आकाशको रोमान्समाथि भिडियो केन्द्रित छ ।

यो गीतको भिडियो शुक्रबार रिलिज गरिएको हो । पछिल्लो समयका व्यस्त म्युजिक भिडियो निर्देशक विधान कार्कीले यो भिडियो निर्देशन गरेका हुन् । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

यो नयाँ गीतको भिडियोमा हरि हुमागाईको छायांकन रहेको छ । भिडियोलाई मनीष थापाको कोरियोग्राफी गरेका हुन् । जसमा विकास दाहालको सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा