इलाम । इलामको माई नगरपालिका १० की एक महिला दिउसो घरमा बस्दिनन् । उनको बास प्राय अम्लिसाे घारीमै हुन्छ भन्ने सुन्दा कतिलाई अचम्म लाग्दो हो ।
यो यथार्थ हो । चिसापानी लुम्बककी पविमाया तिम्सिना सुत्नका लागि साँझमा घर आएपनि बिहान जुरुक्क उठेर घर नजिकैको अम्लिसो घारीमा बस्छिन् । उतै बस्ने, उतै पकाएर खाने गर्छिन् । धनमायाँ तिम्सिनाकी कान्छी छोरी पविमायामा मानसिक अस्वस्थता देखिएको भएपनि उपचार नपाएको कारण दिन प्रतिदिन समस्या बढ्दो रहेको छ ।
बोलाउँदा सानो स्वरले बोल्ने र जे सोध्यो त्यसको एक वाक्यमा उत्तर दिने पविमायालाई उपचार अभावका कारण समस्या बढ्दै गरेको देखिन्छ । पविमायाले पकाएर खाने ठाउँमा दुईवटा पानी बोक्ने जर्किन र एउटा कराई देखिन्छ भने एउटा चाउचाउको खोल छ । छेउमा उनले लगाउने दुई तीन वटा कपडा छन, त्यहा एउटा बोराको झोला पनि छ । त्यहि बोराको झोलामा आफूले लगाउने कपडा बोकेर हिँड्ने गर्छिन ।

पविमायाले पकाएर खाने ठाउँमा दुईवटा पानी बोक्ने जर्किन र एउटा कराई देखिन्छ भने एउटा चाउचाउको खोल छ । छेउमा उनले लगाउने दुई तीन वटा कपडा छन, त्यहा एउटा बोराको झोला पनि छ । त्यहि बोराको झोलामा आफूले लगाउने कपडा बोकेर हिँड्ने गर्छिन
परिवारले पकाएर दिएको खाना नखाने र एक्लै घर भन्दे केही तल रहेको बारीको भित्तामा खाना पकाएर खाने गरेकी पविमायालाई मानसिक रोगले च्यापेको धेरै भएको छैन ।
उनलाई गाउँमा पहिले देखि चिन्ने र बुझ्नेका अनुसार पहिले धेरै फर्वड रहेकि महिला एक्कासि यस्तो हुँदा गाउँले पनि अचम्ममा परेको बताउँछन । छिमेकी राम सञ्जेल भन्छन ‘पहिले गाउँमा नै सक्रिय रहेकी उनको एक्कासी कसरी मानसिक स्वास्थ्य बिग्रियो । अचम्म लागेको छ ।’ उनले थपे ‘गाउँमा हुने संघ संस्थामा पनि क्रियाशील रहेकी पविमाया ०५०÷५२ देखि मानसिक समस्या आएको हो ।’
उनको स्वास्थ्यमा समस्या भएपछि उपचार गर्न कसैले लगेनन् विस्तारै क्रमश एउटा पोको बोकेर कहिले काही गाउँतिर हिँड्न थालिन् । अहिले त घरमै बस्दिनन ।’ सञ्जेल भन्छन अझैपनि उपचार पाउने हो भने धेरै सुधार गर्न सकिन्छ ।’
दिनभर घर नजिकैको अम्लिासोबारीमा बस्न थालेपछि पविमायाँको भदा गोपालले घरमै ल्याउने प्रयाश नगरेका होइनन् । ‘घरमा ल्याउन धेरै कोसिस गरे तर फूपु आउनै मान्नु भएन ।’ उनले भनेँ । उपचार गर्नका लागि कुनै संघ संस्थाको सहयोग पाए मात्र उपचार गर्न सक्ने आर्थिक अवस्था भएको परिवारमा मानसिक समस्याकै कारण गत मंसिर २८ मा एक जनाको मृत्यु भईसकेको छ । सोही परिवारका धर्मानन्द पनि औषधि सेवन गरिरहेका छन् ।
उनकाे पनि समयमै उपचार हुन सकेन भने रोगले झन ग्रस्त बनाउने देखिन्छ । सोहि परिवारमा ४१ वर्ष पछि भारतको जेलबाट मुक्त भएर आएका दिपक जैसी (दुर्गा प्रसाद तिम्सिना) पनि मानसिक रुपमा अस्वस्थ छन् । उनको पनि उपचार हुन सकेन भने स्वास्थ्य स्थिती दिन प्रतिदिन झन कमजोर बन्दै जाने देखिन्छ ।






