निजामतीका झिंगा !

कुनै संगठन या पदाधिकारीले कुनै उपलब्धि देखाउन सकेन भने, ‘झिंगा मार्न नसकेको’ आरोप लगाउने चलन छ । हिन्दी ‘मुहाबरा’ भने यसको ठीक उल्टो छ । कुनै काम नगरी निकम्मा रहने क्रियालाई हिन्दीमा ‘मक्खी मारना’ भनिन्छ । हालै प्रायः शालीन भाषण गर्ने माननीय उपप्रधानमन्त्रीले व्यक्त गरेको सानो कटाक्षले निजामती वृत्तलाई झस्काउन पुग्यो ।

विनयपूर्वक माफी माग्दै प्रयोग गरिएको ‘झिंगे टसाइ’को आरोपमा आंशिक सच्याइ छ भन्नेमा कसैलाई भ्रम छैन । तर, यो आरोप कुन हैसियतको व्यक्तिबाट लाग्यो भन्ने कुरा भने अत्यन्तै महत्वपूर्ण छ । झिंगे टसाइको अर्थ हो साह्रै औपचारिक हुनु वा रीत पु¥याउनुमा सीमित हुनु । निजामतीको भाषामा भन्ने हो भने यसको आसय हो जागीर पकाउनु । कुनै पक्का निजामती कर्मचारीलाई ‘प्रक्रिया कि परिणाम ?’ भनेर सोधियो भने के उत्तर आउला ? जवाफ सर्वविदितै छ ।

एक जमाना थियो जब कुन बखत नोकरी खोसिने हो भन्ने ठेगान थिएन । किन्तु एक जना हुलाकी टुप्पामा भाला भएको ‘झुम्की लौरो’ टेक्दै बाटामा हिँड्दा बटुवाले सरक्क बाटो छाडिदिन्थे । आज नोकरी पक्का भएको छ । आज निजामती सेवा शासकको सेवकबाट राष्ट्रको सेवकमा रूपान्तर भएको छ । सानोतिनो झटारोले नोकरी जाँदैन । परन्तु, निजामती सेवा झुर भएको छ भने किन यस्तो भयो ? दुर्भाग्यवश उपप्रधानमन्त्रीबाट झारा मात्र टारेर जागिर पकाउने निजामतीको झारा टार्ने तरिकाको मात्र वर्णन भयो । निजामती सेवालाई झिंगे बनाउने कारक’bout उल्लेख हुन छुट्यो । निजामती सेवा झिंगे भयो भनी आंशिक सत्य बोल्दा त्यसलाई झिंगे तुल्याउने पूर्ण सत्य समेत प्रकट गरिदिएको भए निजामती वृत्त धन्य हुने थियो ।

निजामती सेवा राजनीतिको प्रतिस्पर्धी होइन, बुझ्नेले कुरा बुझिदिने हो भने यो सेवा जनताको इमानदार सेवक र राजनीतिको परिपूरक हो

कुनै समयमा निजामतीलाई झतौरो (थांने) भनेर उपहास गरिएको थियो । हुन पनि हो निजामती राजनीति जस्तो झकास हुँदैन । प्रतिभा भएका तर औकात नभएका निरीह झुम्रेको समूह नै त निजामती सेवा हो । निजामतीले झिनुवा खाँदैन । निजामती सेवक झिल्के पनि हुँदैन । निजामती सेवक ठ्याक्कै आफ्ना बाबुबाजे जस्तै झर्रो हुन्छ । ऊ भुइँमान्छे जस्तै दुःख र पीडाले गाँजिएको वर्गको प्रतिनिधित्व गर्दछ । झिंगे टसाइको मीठो र आंशिक सत्य सुन्न उपस्थित झकिझकाउ अधिकारीबाट आम निजामतीको सच्चा प्रतिनिधित्व हुन सक्दैन । सबै त्यो तहसम्म पुग्नु पनि झन्डै असम्भव छ ।

जुनवर्गको प्रतिनिधित्व गरे तापनि लोकसेवा पास गरेर आउने निजामती प्रतिभाशाली र चलाख हुन्छ । उसको प्रतिभा र चलाखीलाई कसरी उपयोग गर्ने भनी निश्चय गर्ने राजनीतिले हो । निजामती सेवाको नीति र कानुन बनाउने पनि राजनीतिले नै हो । जतिसुकै असली कलपुर्जा वा मेसिनको प्याकिङमा ‘ह्यान्डल विथ केयर’ भनेर लेखिएको हुन्छ । निजामती कर्मचारीलाई झम्पाट बनाएर झिंगा टास्न लगाउने या परिणाममुखी कर्तव्य पालनमा लगाउने ? यो पनि राजनीतिकै हातमा छ ।

संसदीय समितिमा निजामतीको अकर्मण्यता’bout सार्थक बहस भयो । तर, सिफारिस गरिएको नुस्खामा भने निरर्थक औषधिको नाम लेख्ने प्रयत्न गरियो । निजामतीलाई राजनीतिले झड्केलो जस्तो मान्दै आफ्नै सहोदरलाई करारमा राख्न पाए समृद्धिको साँचो आफ्नै हातमा आउने आशा गरियो । निजामती सेवालाई झ्याल्टुङ बनाउने’bout गरम गरम बहस भए । अहिले सदनमा प्रस्तुत भएको मस्यौदा पनि झस्काउने खालको नै छ भन्ने चाल पाइएको छ ।

निजामती सेवामा विभिन्न खाले कर्मचारी छन् । जस्तै नेता कर्मचारी , कर्मचारी नेता, पढैया, पढैया र गरैया, झक्कड, विनम्र, झिंगे, अकर्मण्य, कर्मठ र झन्झावादी आदि । जुन प्रवृत्तिका भए तापनि ती प्रायः हाम्रो समाजमा उपलव्धमध्येका मेधावी युवाहरू नै हुन् । अहिले त महिला, जनजाति, मधेसी र दलितआदिको प्रतिनिधित्व रहेको हुँदा निजामती सेवा सुन्दर फूलबारी भएको छ ।

निजामती सेवाको माली राजनीति हो । कतै त्यो सुन्दर फूलबारी कच्चा मालीका कारण मुर्झाएको त हैन ? निजामती सेवा किन झारा टराइमा सीमित भयो ? किन झिंगे टसाइको औपचारिकतामा सीमित बनी जागिर पकाउने कृत्यमा सीमित भयो ? किन कोही झमेलामा परेर झिरिप भइने हो कि भन्ने डरले असल नियत राखी इमानदारीसाथ काम गर्न समेत झस्कन्छ ? किन एउटा कर्मचारी फाइल नचिन्दै सरुवा हुन्छ ? किन कर्मचारी ‘ट्याग’ भिर्न अभिसप्त छ ?

निजामती सेवाको विरासत झिंगे प्रवृत्ति र विकृति होइन । पञ्चायती व्यवस्थाले बहुदलीय व्यवस्थासमक्ष चुस्त, अनुशासित र किञ्चित व्यावसायिक सेवाको हस्तान्तरण गरेको थियो । निर्दलीय पद्धतिमा निजामती सेवापनि स्वतःव्यवस्थाको हितमाकाम गर्ने सङ्गठन थियो । आजपनिनिजामती सेवा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षक र संवर्धक नै हुनुपर्ने हो । तर राजनीतिले निजामतीकर्मचारीलाई दलीयहितमाउपयोग गर्यो । दलीय आवद्धताभित्र प्रवेशनगर्ने कर्मचारी निरीह र परित्यक्त हुन्छ यहाँ । हाम्रो राजनीतिले व्यावसायिकताको निर्मम हरण गरेको छ । देशभित्र रहेका साराका सारा संस्थाहरुको राजनीतीकरण गरेपछि कसरी निष्पक्षता र दक्षताकायम हुन्छ मान्यवर ?

यी समग्र कुरालाई केलाएर निचोड निकाल्ने हिम्मत गर्ने कोहीभएनयहाँ । एकातिर हामीविगतकेही समयदेखि दुनियाँआश्चर्य हुने गरी कामभएको भनीगौरव गर्दछौं । अर्कोतर्फ हामीनिजामती सेवाझिंगे टसाइमा सीमितभयो भनी अरण्यरोदनगर्दछौं । त्यो समृद्धि हासिलहुनुमानिजामती सेवाको योगदानकतिप्रतिशत छ ?चकित नै हुने गरी कामनभएको भए तापनि केही केही अवश्य भएको छ । राजनीतिले इमानदारीसाथ भन्नुपथ्र्यो ‘जे भएको छ , तपाईंहरूको सहयोगबाट भएको छ, किन्तु पर्याप्त छैन ।’

निजामती सेवालाई पूर्णरूपमा व्यावसायिक, दक्ष, तटस्थ र सच्चा राष्ट्रसेवक बनाउने हो भने नोकरी सुरक्षित भएर मात्र पुग्दैन । व्यावसायिक सुरक्षा, पर्याप्त सुविधा, समुचित वृत्तिविकासको अवसर, सामयिक प्रशिक्षण, अनुमानयोग्य सरुवा र पूर्णरुपेण अराजनीतिक चरित्रको निजामती सेवा आजको आवश्यकता हो । निजामती सेवा राजनीतिको प्रतिस्पर्धी होइन । बुझ्नेले कुरा बुझिदिने हो भने यो सेवा जनताको इमानदार सेवक र राजनीतिको परिपूरक हो । छरिएर रहेको प्रतिभालाई निजामती सेवामा भिœयाउन सकियो भने त्यसको माध्यमबाट राष्ट्रिय एकतामा समेत ठूलो टेवा मिल्नेछ । यसबाट पर्ने सकारात्मक मनोवैज्ञानिक प्रभाव अनमोल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 463 times, 1 visits today)

epaper

ताजा समाचार

साविक विजेता पुलिसलाई हराउँदै आर्मी फाइनलमा