काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा रूपान्तरण गरिने बताए ।
हुमागार्इंले बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापनरहित नीतिको कार्यान्वयन र अवैध रूपमा विज्ञापन भइरहेका क्षेत्रमा नियमन र नियन्त्रण गर्ने रहेको बताए । सरोकारवालासँगको छलफलबाट नीति निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने उनले प्रतिबद्धता जनाए ।
यस्तै, अध्यक्ष हुमागाईंले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने नीति अख्तियार गर्ने बताए ।
तपाइको प्रतिक्रिया
(Visited 560 times, 1 visits today)






