गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहदीको ज्यान गएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए ।
घटनामा परी एक बच्चासहित चारजना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर भएकोले पहिचान खुलिसकेको छैन । सत्यवती बजैको मन्दिरको दर्शन गगरेर ठुलोलुम्पेक फर्कदैँ गर्दा करिब १ ः ४५ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो । अहिले जिल्ला प्रहरी कार्यालय, गुल्मीको समुह घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । टेम्पो चालक भने फरार छन् । घटना’bout थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)






