पुनर्निर्माणमा देखिएको गति सीमितता

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणले भनेको र सोचेको जस्तो गति लिन सकिरहेको छैन । हालसम्म ८० प्रतिशत पुनर्निर्माण गरिएको भनिए पनि दातृ निकाय तथा सरकारले अनुमान गरेको खर्चको निकै कम रकम मात्र खर्च हुन गएको छ । नेपालमा विकास निर्माणमा हुने गति सीमितताका कारण यसो हुन गएको हो । हरेक वर्ष हुने आर्थिक वर्षको खर्चमा पनि यही अगतिले काम गर्दा भनेकोझैं बजेट खर्च हुन सकिरहेको छैन । भूकम्पपछि बितेका ६ वर्षको अवधिमा भत्किएका संरचना पुनर्निर्माणमा मात्र कुल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार रूपैयाँ बराबरको खर्च हुन गएको छ । दाता सम्मेलनको क्रममा प्रतिबद्धता व्यक्त भएको रकम ४ खर्ब १० अर्ब रूपैयाँ बराबर थियो । त्यसमा ७६ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको थियो । नेपाल सरकारले पनि हरेक आर्थिक वर्षको वार्षिक बजेटमा पुनर्निर्माण खर्च छुट्याउँदै आएको छ । हाल सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका नौ महिना गत चैत मसान्तसम्म ३ खर्ब ५७ अर्ब ३ करोड बराबरको खर्च भएको छ ।

यसबीचमा भूकम्पले क्षतिग्रस्त हुन गएका ६ हजार २ सय ४६ विद्यालय भवन पुनर्निर्माण भइसकेका छन् । सम्पन्न कामका हिसाबले कुल ७ हजार ५ सय ५३ भवन निर्माण गर्ने लक्ष्य राखिएकामा ८२.७ प्रतिशत पूरा भइसकेका छन् । यसैगरी, १ हजार ३ सय ७ वटा भवन पुनर्निर्माणको क्रममा छन् । त्यसैगरी कुल १ हजार १ सय ९७ स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने लक्ष्य राखिएकामा हालसम्म ६ सय ९८ निर्माण सम्पन्न भएका छन् र २ सय ९६ वटा पुनर्निर्माणका क्रममा छन् । सरकारी भवनतर्फ कुल ४ सय १५ वटामध्ये ३ सय ७४ वटाको पुनर्निर्माण सकिएको छ । ३८ वटाको भने पुनर्निर्माण निरन्तरतामा छ । सुरक्षा निकायतर्फ पनि कुल २ सय १६ वटामध्ये २ सय १४ वटा सम्पन्न भइसक्दा बाँकी दुईवटा पुनर्निर्माणका क्रममा रहेका छन् । २०७२ को विनाशकारी भूकम्पले गर्दा निजी आवासतर्फ १० लाख संख्यामा क्षति भएको थियो । पुनर्निर्माणका लागि सम्झौता गरेका लाभग्राहीको संख्या ८ लाख १० हजार ४ सय २७ रहेका थिए ।

पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्म नियमति काम गरिरहनेछ । हालसम्म राष्ट्रिय महत्वका निर्माण कार्यमा रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी दबार संग्राहलयभित्रको रणदीपको दरबार पुनर्निर्माण भइसकेकाले यी सबैलाई सम्बन्धित मन्त्रालय वा निकायसमक्ष हस्तान्तरण गर्नेक्रम जारी छ । भूकम्पले कुल १४ जिल्लामा क्षतिग्रस्त, ३२ जिल्लामा सामान्य क्षति पु¥याएको थियो । विविध कारणले निर्माण कार्यमा हुन गएको गति सीमितताका कारण भनेकै समयमा पुनर्निर्माण कार्य सम्पन्न हुन नसके पनि अब यसलाई छिट्टै टुंग्याउनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?