तेस्रो मुलुक उड्न प्रतिबन्ध

काठमाडौं । कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ । सरकारको निणर्यसँगै आज बुधबार मध्यरात १२ बजेबाट त्रिभुवन विमानस्थललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको हो ।

बाहिरबाट आउने यात्रुबाट थप कोरोना संक्रमण फैलाउन सक्ने जोखिम न्यूनीकरणको उपायस्वरूप अध्यागमन विभागले अन्तर्राष्ट्रिय उडान भर्नेलाई यस्तो जानकारी गराएको छ ।

भारतद्वारा ‘ट्राभल एडभाइजरी’ जारी

विभागले पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएकाले अर्को सूचना जारी नभएसम्मका प्रतिबन्ध लगाएको जनाएको छ । नेपाल अन्तिम गन्तव्य बनाएर आउने र अन्तर्राष्ट्रिय हवाई यात्रुले पाउँदै आएको सेवा भने यसअघिको उडान तालिकाअनुरूप नियमित रहनेछ ।

हाल दैनिक साढे ३ लाखभन्दा बढी कोरोना संक्रमित संख्या देखिएको छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा नेपाल हुँदै आएका यात्रु साउदी अरबलगायत देशमा उडिरहेको पाइएपछि विभागले तेस्रो मुलुक उड्न नपाउने निर्णय गरेको हो ।

विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालका अनुसार नियम कडाइसाथ लागू हुनेछ । ‘विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र बाहिर जाने यात्रुलाई भने रोक लगाइएको छैन,’ उनले भने, ‘कोरोनाको नयाँ लहर आएसँगै नेपालमा थप संक्रमित संख्या बढ्न सक्ने उच्च जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरेका हौं ।’

यसैबीच, नेपालले ‘ट्रान्जिट’ उडानमा रोक लगाइपछि भारतले पनि आफ्ना नागरिकलाई सचेत रहन ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ । यसअघि, भारतबाट हवाई उडानमा प्रतिबन्ध लागेका मुलुकमा नेपाल ‘ट्रान्जिट’ भई भारतीय नागरिक दुबईलगायत मुलुकतर्फ जाने गरेका थिए ।

नेपाल सरकारले थप संक्रमण भित्रन सक्ने भन्दै पीसीआर परीक्षण रोक्नेदेखि तेस्रो मुलुकमा उडान रोक्नेसम्मको निर्णय गरिसकेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार आफ्ना नागरिकलाई ‘ट्राभल एडभाइजरी’ जारी गर्दै नेपालको निर्णय’bout जानकारीसमेत गराएको छ । दूतावासले तोकिएको मितिपछि तेस्रो मुलुकमा जानेगरी नेपाल नआउन आफ्ना नागरिकलाई सचेत गराएको छ ।

यद्यपि, यस अवधिमा नेपाल आइसकेका भारतीय नागरिकको सुरक्षा व्यवस्थापनका लागि भने समन्वय गरिरहेको दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 409 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान