एक वर्षदेखि बिग्रिएर थन्किएको वीर अस्पतालको अक्सिजन प्लान्ट बन्यो

काठमाडौं । गत वर्षको बैशाखबाट बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि संचालनमा आएको छ ।

गत वर्ष कोरोना संक्रमणको गति उच्च हुँदै गर्दा बिग्रिएर थन्किएको अक्सिजन प्लान्ट स्थानीय बजारमा उपलब्ध साधनको प्रयोगबाट मर्मतपछि बनेको हो भने विगत चारदिनदेखि संचालनमा ल्याइएको हो ।

वीर अस्पतालको यो अक्सिजन प्लान्टबाट दैनिक १ सय ५० सिलिण्डर अक्सिजन ग्याँस उत्पादन हुने गर्छ । अस्पतालमा सामान्य अवस्थामा एक सयको संख्या भित्रै सिलिण्डर दैनिक रुपमा खपत हुँदै आइरहेको छ ।

तर, अहिले कोरोना संक्रमणको बढ्दो अवस्थामा भने दैनिक २ सय ५० सिलिण्डरसम्म तयारी अवस्थामा राख्नु पर्ने वीरको बाध्यता छ ।

वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले सामान्य अवस्थामा आफ्नै प्लान्टबाट उत्पादित अक्सिजनबाट नै माग धान्न सकिने अवस्था रहने तर अहिले कोरोना संक्रमणका कारण दैनिक दुई सय भन्दा माथि सिलिण्डर खपत हुने गरेको जानकारी दिइन् ।

अस्पतालका अनुसार सो प्लान्टमा फिलिङ प्लान्ट जोड्ने हो भने अझै उत्पादन बढाउन सकिने अवस्था छ भने वीरले आफूलाई पर्याप्त सिलिण्डर राखेर अन्यत्रसमेत दिन सक्नेछ । सरकारले हाल वीर अस्पताललाईसमेत कोभिड अस्पताल बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा