आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

देउवा निवास / फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बस्दैछ । पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो।

पार्टीको आगामी १४औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक आज दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो । बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

हिजो प्रवक्ता विश्व प्रकाश शर्मा लगायतका केही नेतामा कोरोना पुष्टि भएको थियो। कोरोना महामारीका कारण यसअघि बोलाइएको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी