कमल हासनविरुद्ध उजुरीसँगै सोधपुछ सुरु

मुम्बई । भारतीय अभिनेता कमल हासनलाई केन्द्रीय अपराध शाखाले सोधपुछ गरेको छ । उनले निर्माण गरिरहेको फिल्म ‘इन्डियन २’को सुटिङमा भएको दुर्घटना र मृतकको ’boutमा यी अभिनेतालाई अपराध महाशाखामा बोलाएर प्रहरीले सोधपुछ सुरु गरेको हो ।

सो दुर्घटनाबाट आफूहरूलाई ठूलो घाटा भएको तर प्रहरीले उल्टै सो दुर्घटना’bout आफूलाई दुःख दिन थालेको अभिनेता हासनले बताएका छन् । गत २० फेब्रुअरीमा फिल्म इन्डियाना २ को छायांकनको क्रममा छायांकन स्थलमा क्रेन पल्टँदा घटनास्थलमै क्रेनले च्यापिएर तीन जनाको ज्यान गएको थियो । सो दुर्घटनामा १० जना घाइते भएका थिए । दुर्घटनामा कमल हासन भने जोगिएका थिए ।

प्रहरीले अभिनेता निर्माता हासनसँगै फिल्ममा क्रेन चलाउनेलाई पनि कार्यालयमा बोलाएर सोधपुछ गरिरहेको छ । मृतकहरूको परिवारको उजुरीको आधारमा चेन्नई प्रहरीले भारतीय दण्ड संहिताको विभिन्न धाराको आधारमा निर्माण पक्षविरुद्ध मुद्दा चलाएको छ । जसमा निर्माण पक्षको लापरबाहीले तीन जनाको ज्यान गएको र १० जना घाइते भएको जिकिर गरिएको छ । सो जिकिरको आधारमा अभिनेता कमल हासनलाई पनि प्रहरीले आफ्नो कार्यालयमा बोलाएर घन्टौं सोधपुछ गरेको हो ।

सो घटनामा मृत्यु भएका परिवारलाई एक करोड रुपैयाँ दिने घोषणा निर्माता अभिनेता हासनले गरिसकेका छन् । आफ्नो सुटिङमा भएको सो दुर्घटनाले तीन जनाको ज्यान लिँदा आफू सबैभन्दा बढी दुःखी भएको र मृतकका परिवारलाई अन्य कुरामा पनि आफ्नो टोलीले सहयोग गर्ने पनि उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग