देश र जनता रहे राजनीति फेरी गरौंला : कांग्रेस नेता राजीवविक्रम शाह

 

काठमाडौं । जाजरकोट जिल्लाबाट राजनीतिमा सक्रिय राजनीज्ञिहरुले काठमाडौंबाट जिल्ला स्थित स्वास्थ्य संस्थासहित स्थानीय तहहरुमा स्वास्थ्य सामग्री पठाएका छन् ।

कोरोना महामारीको बढ्दो संक्रमणको अवस्थालाई ध्यान दिंदै जाजरकोटबाट राजनीतिमा सक्रिय नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहसहितका नेताहरुको विशेष पहलमा ती स्वास्थ्य सामग्री जिल्ला पठाइएको हो ।

नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिंदै अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पिपीई.सेट, माक्स, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री जाजरकोट जिल्ला अस्पताल, नगरपालिका र जिल्लामा रहेका गाउपालिकाका लागि पठाइएको हो । ती स्वास्थ्य सामग्री जाजरकोट पुगिसकेको छ ।

स्वास्थ्य सामग्री जिल्लासम्म पुर्याउन जाजरकोटबाट राजनीतिमा सक्रिय नेताहरु पुर्ब गृहमन्त्री शक्तिबहादुर बस्नेत तथा पूर्व शान्ति तथा पुणर्निर्माण मन्त्री भैरब सुन्दर श्रेष्ठले पनि महत्वपूणर् भूमिका निर्वाह गरेका छन् ।

स्वास्थ्य सामग्री जिल्ला पुगेको जानकारी पाए लगत्तै कांग्रेस नेता शाहले सामाजिक संजाल फेसबुकमा ‘राजनीतिका कुरा पछि गरौंला, पहिला देश र जनता बचाउन लागौं, देश र जनता रहे राजनीति फेरी गरौंला’ लेखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार