कृषि केन्द्रले दियो तीन जिल्लाका २८५ किसानलाई अनुदान

 

काठमाडौँ । बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबद्र्धन गर्न २ सय ८५ कृषकलाई अनुदान दिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा केन्द्रले १ सय ८५ किसानलाई अनुदान दिएको हो । किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्र ललितपुरले काठमाडौँ, भक्तपुर र ललितपुरका तीन जिल्लाका २ सय ८५ किसानलाई अनुदान दिएका छ ।

कृषि ज्ञान केन्द्रका कृषि अधिकृत बुद्धि श्रेष्ठले किसानलाई प्रोत्साहित गर्न र युवा वर्गलाई कृषिमा आकर्षण गर्न कृषि अनुदान दिने गरेको बताए । उनले कृषि सम्बन्धि विभिन्न व्यवसायीक खेती च्याउ, तरकारी, पूmल तथा फलपूmल खेती गर्दै आएका किसानलाई अनुदान दिने गरेको बताए । उनले किसानलाई फार्मको स्थापना र सञ्चालनका लागि आवश्यक प्रविधिका लागि सहयोग र सिताके च्याउको लागि बाँसको टनेल, सिताके च्याउ उत्पादनको लागि मुडा, फलाकको नर्सरी घर निर्माण, पूmलको वेर्ना खरिद, थोपा सिचाईका लागि केन्द्रले किसानलाई अनुदान दिने गरेको बताए । उनले केही कृषि कार्यक्रम प्रदेश अन्तरगत भएको र केही केन्द्र आफैको बनाएको कार्यक्रक सञ्चालन गरेको बताए । उनले प्रदेश सरकार अन्तरगतको एक निर्वाचन क्षेत्र एक मोडल कृषि फार्म निरन्तर तीन वर्ष सम्म अनुदान सहयोग गर्ने कार्यक्रम रहेको बताए । किसानलाई प्रोसाहित गरी कृषि क्षेत्रको उत्पादन बढाउने कार्यक्रमको उद्देश्य हो ।

श्रेष्ठका अनुसार केन्द्रले नमुना कृषि फार्म स्थापना र सञ्चालनका लागि कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम, उपत्यका प्राङ्गरिक खेती प्रवद्र्धन कार्यक्रम, अभियान मुखि फलफुल बृक्षारोपण कार्यक्रम, किबी थाङ्का अनुदान, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट, ब्लक कार्यक्रक, चिया कफिमा प्रशोधन सहयोग, नमुना कृषि फार्म स्थापनाको लागि सहयोग लगायतका कार्यक्रम गर्दै आएको छ ।

प्राङ्गारीक कौसी खेती प्रवद्र्धन अनुदान

कृषि ज्ञान केन्द्रले काठमाडौँ, भक्तपुर र ललितपुरमा पछिल्लो समय कृषि खेती उत्पादन गर्ने जमिन मासिदै गएपछि प्राङ्गारिक कौसी खेती प्रवद्र्धनका लागि प्राथामिकता दिएको छ । केन्द्रले काठमाडौँ, भक्तपुर र ललिपुरका ३३ वटा घरमा प्राङ्गारीक कौसी खेती प्रवद्र्धन गर्न करिब ३१ लाख रुपैयाँ अनुदान सहयोग समेत गरेको छ । केन्द्रले कौसी खेती प्रवद्र्धन गर्न एउटालाई करिब २ लाख ४२ हजार ५ सय रुपैयाँ सम्म अनुदान दिएको छ । सिङ्ग मेटन स्टयाण्ड ५ वर्ग फिटको ४ वटा ग्रोईङ्ग व्याग ५० थान विभिन्न साईजको ड्रीप ईरिगेसन सेट, फलपूmल तथा तरकारीको वीरुवा तथा बेर्ना कोको पीट र भर्मी कम्पोष्ट ३०।३० केजी दिएको छ ।

यसैगरी ज्ञान केन्द्रले उपत्यकामा प्राङ्गारिक खेती प्रवद्र्धन गर्न ७ वटा कृषि फार्मलाई अनुदान दिएको छ । केन्द्रले उपत्यकामा प्राङ्गारीक खेती प्रवद्र्धन गर्न ७ वटा कृषकलाई करिब ५८ लाख ६७ हजार रुपैयाँ अनुदान सहयोग समेत गरेको छ केन्द्रले एउटा फार्मलाई करिब ३ लाख देखि साढे ५ लाख सम्मको अनुदान दिएको छ ।

कृषि फार्मको आवश्यकता अनुसारको सहयोगका लागि अनुदान दिने गरेको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले कृषि फार्मको आवश्वक कृषकको प्रस्तावना अनुसार अनुदान दिने गरेको छ ।

यसैगरी साना सिंचाई तथा प्लास्टिक पोखरी अनुदान सहयोग ४१ कृषकलाई दिएको छ । केन्द्रले काठमाडौँ, ललितपुर र भक्तपुरका कृषकलाई प्लास्टिक पोखरी निर्माणका लागि अनुदान दिएको हो । ४१ किसानलाई सिंचाइ तथा प्लास्टिक पोखरी निर्माण गर्न करिब ३१ लाख १० रुपैयाँ अनुदान सहयोग गरेको छ ।

यस्तै प्राङ्गारीक प्रवर्दनन मिसनका लागि कृषि ज्ञान केन्द्रले ३२ वटा कृषि फार्मलाई २ करोड ४६ लाख ८७ हजार रुपैयाँ अनुदान दिएको छ । एउटा कृषि फार्मलाई करिब १ लाख देखि ८ लाख ७९ हजार सम्म अनुदान सहयोग गरेको छ । केन्द्रले किसानलाई भकारो सुधार, प्लास्टिक पोखरी निर्माण, ड्रम, स्प्रेयर खरिद लगायका कार्यका लागि अनुदान सहयोग गरेको छ ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट ६५ कृषि फार्मलाई करिब ८ करोड ११ लाख ५८ हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । परियोजनामा रहेको पकेट क्षेत्र भित्र रहेको कृषि फार्मलाई टनेल मर्मत, बिउ पराल, दाउरा, ड्र«म, बाँस कम्पोट मल बिउबिजन टनेल निर्माण लगायत कार्यका लागि अनुदान दिएको छ ।

यसैगरी सयपत्री फुल उत्पादनको लागि पोली हाउसका लागि केन्द्रले ४० फार्मलाई करिब ६५ लाख ९२ हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । सहकारी तथा निजी क्षेत्रको सहकार्यमा अभियानमुलक फलपूmल विरुवा बृक्षारोपणका लाागि ४ लाख ८१ हजार ६२० रुपैयाँ अनुदान सहयोग गरेको छ । चिया कफिमा प्रशोधनमा सहयोगका ८ लाख १३ हजार ७३५ रुपैयाँ अनुदान सहयोग गरेको छ । नमुना कृषि फार्म स्थापनाको लागि पनि समेत केन्द्रले कृषकलाई अनुदान सहयोग गरेको छ । कृषक समुह सहकारी र निजीक्षेत्रसँगको साझेदारीमा नमुना कृषि फार्म स्थापनाको लागि केन्द्रले २५ वटा कृषि फार्मलाई ३ करोड ५३ लाख ६७ हजार अनुदान सहयोग गरेको छ । यस्तै नमुना कृषि फार्म स्थापना र सञ्चालनका लागि ३ वटा फार्मलाई २९ लाख ४० हजार अनुदान सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पार्न सांसदको माग