युरोकप फुटबलः इटाली फाइनलमा

Soccer Football - Euro 2020 - Semi Final - Italy v Spain - Wembley Stadium, London, Britain - July 6, 2021 Italy players celebrate after winning the penalty shoot-out Pool via REUTERS/Carl Recine

लन्डन । लण्डनस्थित वेम्ब्ली मैदानमा ६० हजार दर्शकसामु खेलिएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा भने इटालीले अग्रता लिन सफल भएको थियो । खेलको ६०औं मिनेटमा इटालीका फेडेरिको चियासाले गोल गर्दै चारपटकको विश्वकप विजेता इटालीलाई अग्रता दिलाएका थिए ।

खेलको ८०‍औं मिनेटमा स्पेनका स्ट्राइकर अलभारो मोराटोले बराबरी गोल गर्दै तीन पटकको युरोकप विजेता स्पेनलाई खेलमा फर्काएका थिए । तर पेनाल्टी सुटआउटमा भने स्पेनका मोराटो र ओल्मो दुवैले आ-आफ्नो पेनाल्टीमार्फत् गोल गर्न चुकेपछि खेल ४-२ गोलको अन्तरले इटालीको पक्षमा गएको हो ।

पछिल्ला ३३ खेलहरुमा अपराजित इटालीले अब फाइनल खेल आज राती खेलिने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । आज मध्यरात १२:४५ बजे दोस्रो सेमिफाइनल खेल इङ्ल्याण्ड र डेनमार्कबीच लण्डनस्थित वेम्ब्ली खेल मैदानमा हुँदैछ । आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै इङ्ल्याण्ड डेनमार्कलाई पछि पार्ने दाउमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

११औं दिन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार