प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री शाहले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरुले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे ।

साथै, उनले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले देखाएको सहयोगको प्रशंसा गरे । प्रधानमन्त्री शाहले खासगरी अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गरेका थएि ।

उनले नेपालमा बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरुको पनि खोजी कार्य तीव्र पारिरहेको जानकारी दिए। उनले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए ।

संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्रीले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइ’bout चासो र चिन्ता व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता