काठमाडौं । चीनले रसुवा भोटेकोशी बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पठाएको तेस्रो खेप सहयोग काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)को वाई–२० ए जहाजले राहत सामग्रीहरु बिहीबार काठमाडौंमा ल्याएको हो । राहत सामग्री नेपालका लागि चीनियाँ राजदूत चाङ माओमिङले विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई विमानस्थलमै हस्तान्तरण गरे ।
चीनियाँ जनमुक्ति सेनाको ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत आएको तेस्रो खेप सामग्रीसँगै चीनले पठाएका १० जना फरेन्सिक विज्ञहरु पनि आइपुगेका छन् । विज्ञ टोलीको चौथो ब्याचका रुपमा उनीहरुले विपद उद्धारकै क्रमसंग जोडिएको शव पहिचानमा सहयोग गर्नेछन् ।
राहत सामग्रीमा मर्चरी फ्रिजर, महामारी रोकथामका वस्तु र दैनिक आवश्यक पर्ने वस्तुहरु छन् विमानस्थल आइपुगेका छन् भने बेलिब्रिज सम्बन्धि सामग्रीहरु केरुङ नाकामा राखिएको छ ।
बाढीका कारण ४१ वटा पक्की पुल बनाएपछि नेपाल सरकारले छिेमकी देशहरुसंग बेलीव्रिज सहयोगका लागि आग्रह गरे बमोजिम चीनले तत्कालका लागि ३० वटा बेलिब्रिज उपलब्ध गराएको छ । ३० बेलीब्रिजको प्रतिबद्धता अनुरुपका सामग्रीको पहिलो खेप कोरला नाकानजिकै चिनियाँ सीमामा आइपुगेको चीनियाँ राजदूतावासले जनाएको छ । लिजी–नेचुङ सीमा बन्दरगाहमा ती पुलहरु हस्तान्तरण गरिने राजदूतावासले जनाएको छ ।
सम्बन्धित समाचार
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुने
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
बाढीपीडितलाई ललितपुरका ३ स्थानीय तहको एक करोड ८० लाख सहयोग
रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
११ जलविद्युत् आयोजनाका ८९८ अझै सम्पर्कविहीन
रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग






