काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक बसेको थियो ।
बैठकमा एमाले वरिष्ठ नेता नेपालले पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले विपक्षी गठबन्धनबाट अलग हुने घाेषणा गरेका हुन् । सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएको भएपछि विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न खोजेको भन्दै एमालेको नेपाल समूह विपक्षी गठबन्धनमा गएको थियो । एमालेको २६ सहित १४९ को हस्ताक्षर पेश गर्दै देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)






