साफ आयोजना गर्न प्रस्ताव

काठमाडौं । नेपालले दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ । शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । त्यससँगै सहभागी टोलीले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका थिए ।

आयोजनाका लागि शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए । आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव पाएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले अब नेपालले विस्तृत विवरण साफलाई प्रस्तुत गर्ने बताएका छन् । आयोजना’bout अन्तिम निर्णय भने साफले नै गर्नेछ । प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन ।

भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेको कारण सहभागिता नहुने भएको हो । आयोजना दाबी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने देखिन्छ । यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर, उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको थियो । यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको थियो । सरकारबाट सकारात्मक सहयोग पाउनेमा एन्फा आशावादी छ ।

लिग खेल्न १४ क्लबको प्रतिबद्धता
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार शहीद स्मारक ‘ए’ डिभिजन क्लबसँग छलफल गरेको छ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आगामी लिग’bout ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिसँग छलफल गरेको हो ।

एन्फाले ‘ए’ लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिसकेको छ । छलफलमा सबै क्लबले लिग खेल्ने प्रतिबद्धता जनाएका छन् । तर, खेलाडीको स्वास्थ्य र सुरक्षामा चिन्ता व्यक्त गरेका छन् । ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुनले लिग खेल्ने क्रममा खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए । थ्री स्टार क्लबका महासचिव सन्जिब शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापनपत्र लिग रोक्नका लागि नभई यसलाई बढी व्यवस्थित बनाउन भएको बताए ।

छलफलमा अन्य क्लबका अध्यक्ष तथा पदाधिकारीले पनि खेलाडीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै पनि हालतमा लिग आयोजना गर्ने र त्यसका लागि सरकारसँग अनुमति मागेर सबै स्वास्थ्य मापदण्डलाई पूरा गरिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?