देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो।

यसअघि हिजोका लागि तय भएको बैठक स्थगित भएको थियो। हिजो क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन सभापति देउवाले बुझेसँगै प्रतिवेदन अध्ययन गरी आगामी रणनीति तय गर्नुपर्ने भन्दै बैठक स्थगित गरिएको थियो ।

आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने कांग्रेसले जनाएको छ । बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्ने’bout छलफल हुने बताइएको छ। बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मिति तय गर्नेछ ।

हिजोदेखि सुरु हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरिएको थियो । साथै, आजको बैठकले प्रतिवेदनले बाँकी राखेका विषयलाई समेत टुंग्याउन मापदण्ड बनाउने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान