नोबेल कोरोनाको सङ्क्रमण भित्रिन नदिन हेल्थडेस्क संचालन

नेपालगन्ज ।  बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको नोबेल कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन जिल्ला दैवि प्रकोप व्यवस्थापन समिति बाँके, स्वास्थ्य कार्यालय बाँके बर्दिया र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त पहलमा पूर्व तयारीका ’boutमा छलफल भएको छ ।

चीनमा कोरोना भाईरस गम्भिर समस्याका रुपमा देखिएपछि बाँके बर्दिया भारतसंग खुला सिमाना भएको कारणले जोखिम बढ्न सक्ने भएको भन्दै उच्च सतर्कता अपनाउनको लागि पूर्वतयारी बैठकको आयोेजना गरिएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ती महाशाखा प्रमुख चुडामणी भण्डारीको विषेश उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार दबहादुर खड्काको अध्यक्षतामा सम्पन्न बैठकमा बाँके बर्दियाका सीमा क्षेत्रमा हेल्थ डेस्क राखेर जाँच गर्ने तथा यसबाट बच्ने उपायका ’boutमा सचेतना फैलाउने निर्णय भएको छ ।

सो कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले उपमहानगरले नेपाल–भारत सीमास्थित जमुनाह नाका र नेपालगन्ज विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याई यसलाई थप प्रभावकारी बनाईएको जानकारी दिए ।

उनले हेल्थ डेक्स सञ्चालनमा विभिन्न कठिनाई रहेको बताउँदै सीमा क्षेत्रमा र विमानस्थलमा निरन्तर जाँच गर्दै आएको जानकारी दिए । विहान ७ वजेदेखि राती ७ बजेसम्म २/२ जना स्वास्थ्यकर्मी हेल्थडेस्कमा परिचालन गरिएको र पटक–पटक हेल्थ डेस्कमा पुगेर सेवा प्रवाह प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै आएको बताए । हेल्थ डेस्कमा शंकास्पद   विरामी फेला परेमा भेरी अस्पतालमा थप अनुसन्धान र उपचारका लागि पठाउने तयारी रहेको छ ।

योसँगै नेपालगञ्जमा जनचेतनामुलक अभियान पनि सञ्चालन गरि रहेको छ । इन्फाईड थर्मोमिटरको माध्यमबाट विारमीको तापक्रम मापन गर्ने गरिएको छ । खुल्ला सीमाका कारण दैनिक हजारौंको ओहोरदोहोर हुने भएपनि शंकास्पद विरामीलाई हेल्पडेस्कमा प्रारम्भिक जाँच गर्ने गरिएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बर्दियाका चार स्थानीय तहमा हेल्थ डेस्क स्थानिा गरिनुको साथै जिल्ला अस्पतालमा विशेष कक्ष स्थापना गरिएको बताए ।
बाँके जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाहले बाँकेमा कोरोनाको कुनै केस नभेटीएको स्पष्ट पार्दै खुला सिमानका कारण भित्रन सक्ने खतरा उत्तिकै रहेकोले पूर्व तयारी र सजगता आवश्यक रहेको औल्याए । हालसम्म जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा एकजना पनि शंकास्पद  विरामी फेला नपरेको भए पनि सर्तकता भने अपनाउनु पर्ने उनको भनाई थियो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बहादुर थापाले विरामी फेला परेको खण्डमा उपचारको लागि आवश्यक पर्ने तयारीका लागि आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिदै भाईरसको ’boutमा सचेतना फैलाउनको लागि सबैको सहयोग हुन आवश्यक पर्ने बताए ।

उनले अस्पतालमा आउने विरामीको चाप अधिक रहेको बताउदै जाँचको लागि आवश्यक पर्ने उपकरण र अन्य सहायक सामाग्री उपलब्ध गराई दिनको लागि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा नेपालगन्ज मेडिकल केलेजका प्रबन्ध निर्देशक डा सुरेश कुमार कनोडियाले आफुहरु विपत्तीमा पर्दा सहकार्य गरेर अघि बढ्न आतुर रहेको बताउदै नोबेल कोरोना तथा अन्य महामारीको बेला उपचारको लागि आवश्यक पर्ने उपकरण सहज ढंगले पाईने व्यवस्था गर्न आग्रह गरे ।

भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले व्यत्तिगत सरसफाईमा मात्र ध्यान दिनसके मात्र पनि अधिकांश समस्या आफै समाधान हुने कुरामा जोड दिदै महामारीको बेलामा चिकित्सकलाई काम गर्ने बताबरण बनाउन आग्रह गरे ।

स्वास्थ्य सेवा विभाग आपूर्ती महाशाखा प्रमुख भण्डारीले नेपालमा हालसम्म कोरोनाको संकामा ४३३ जनालाई सेम्पल लिएर जााच गर्दा एकजनामा मात्र नतिजा पोजेटिभ निस्केको त्यो पनि उपचार पछि घर गएको बताए । उनले कोरोनाको कारण डराउनु पर्ने आत्तिनु पर्ने अवस्था नभए पनि चीन र भारतमा महामारीको रुपमा फैलिएको कारण सचेत भने हुन आवश्यक रहेको औल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

epaper

ताजा समाचार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा