भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए पदबाट राजीनामा


काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेका बेला प्रधानले शनिबार पदबाट राजीनामा दिएका हुन् ।

विशेषगरी निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा प्रदर्शन चलिरहेको छ । शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग प्रदर्शनकारीको छ । यहीबीच शिक्षामन्त्री प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामा’bout जानकारी दिएका हुन् ।

‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,’ उनले लेखेका छन् ।

यसअघि कांग्रेस आईसहितका विपक्षी दलहरूले पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत : प्रतिवेदन