नयाँ पार्टी बनाइन्छ, सुध्रिए भने ओलीसंग संवाद हुन्छ : नेपाल

 

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी निर्माण गर्ने बताएका छन्। ६ वटा भातृसंगठनले काठमाडौंमा मंगलबार गरेको भर्चुअल कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीमा सुध्रिने लक्षण नदेखिएकाे भन्दै  ओलीले एकताको ढोका बन्द गरेकाे उनकाे भनाइ थियाे ।’अब पार्टी पुनर्गठन हुनेछ। क्रान्तिकारी पार्टी बनाइनेछ’, नेता नेपालले भने ।

नयाँ पार्टी खोलिए पनि ओलीसँगको एकताको ढोका बन्द नगरिने नेता नेपालकाे भनाइ थियाे । ‘‌ओलीले एकताको ढोका बन्द गरे तर हामी त्यस्तो गर्दैनौँ। अब नयाँ तरिकाबाट अघि बढ्छौँ’, उनले भने, ‘ओली सच्चिए भने चुनावसम्म पनि एकता हुन सक्छ। नभए चुनावमा गठबन्धन पनि हुन सक्छ।’

ओलीको कारबाहीबाट नडराउने पनि बताएका नेपालले  पार्टीको आधा पंक्तिलाई माइनस गरेका ओलीले १५ सिटे महन्थ ठाकुरलाई भने सरकारमा ११ वटा मन्त्री दिएको भन्दै आक्रोश पोखे।

 

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार