दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा कपिलवस्तुमा प्रदर्शन

 

कपिलवस्तु । सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु कपिलवस्तुले प्रदर्शन गरेको छ । उनीहरूले एमाले विभाजन गर्ने उद्देश्यका साथ दल विभाजन अध्यादेश ल्याइएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु कपिलवस्तुले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले बिभाजन गर्ने उदेश्यले दल बिभाजन सम्वन्धी अध्यादेश ल्याएपछि देश भर प्रर्दशन सूरु भएको छ।

कपिलवस्तुको गोरुसिङ्गेमा आयोजना गरिएको अध्यादेश बिरुद्धको प्रर्दशनका क्रममा नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा युवा संघका कपिलवस्तु अध्यक्ष विजय कुवर,युवा संघ केन्द्रीय सदस्य गोपाल मणि ज्ञवाली, अनेरास्ववियु केन्द्रिय सदस्य कपिलवस्तु सह–इन्चार्ज बिकास आचार्य लगायत अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी, युवा संघ कपिलवस्तु जिल्ला कमिटी नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

यसअघि मंगलबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु-याएर राजनीतिक दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची