पोखरा । दशैँतिहारलगायतका ठूला चाडपर्व सुरु हुन लाग्दा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस विषयमा राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश सरकारको सहकार्यमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ ।
पोखरामा आयोजित कार्यक्रमका वक्ताले सहज आपूर्ति व्यवस्थापनसहित मिसावट र महँगी नियन्त्रणमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले सही समयमा, सही कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । उनले जरिवाना वा कारबाही गरिनु भनेको एउटा मेसेज मात्र हो, तर मानिसको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषयमा उपभोक्ता स्वयं सचेत हुनुपर्ने सुझाव दिए । उनले सहज आपूर्ति व्यवस्थापन, मिसावट र मूल्य नियन्त्रण सम्बन्धमा सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सबैले आ–आफ्नो ड्यूटी पूरा गरेमा यसको न्यूनीकरण हुन सक्ने बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, उद्योग तथा पर्यटन मन्त्रालय महाशाखा प्रमुख महराज ढकाल, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइराला, राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले कार्यक्रमको विषयसँग सम्बन्धित रहेर कार्यपत्र प्रस्तुत गरे ।
उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ता र सरकारी निकाय एक सिक्काका दुई पाटा भएको बताए ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नेपाल उद्योग वाणिज्य संघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेल, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघ जानुका अधिकारी पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्माचार्य, मञ्चका उपाध्यक्ष अधिवक्ता राजुराज अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता वीरेन्द्र पासवान, आयोजक मञ्च उपाध्यक्ष रमेश पौडेल, सचिव अधिवक्ता गीता आचार्यलगायतले बोलेका थिए ।
सम्बन्धित समाचार
ट्रक ठक्करले मोटरसाइकल चालकको मृत्यु
महाधिवेशनका लागि काँग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक
पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने
नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको ९ करोड २५ लाख सहयोग
मेजर दिलबहादुरलाई पत्नीशोक
प्रसुती विदा ६ महिना पुर्याउन जोड
कोहलपुरबाट कैलाली आउँदै गरेको माइक्रोमा गुडिरहेकै अवस्थामा आगलागी






